नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न ३ मा आज प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत समिती गठन भएको छ । समितिको अध्यक्षमा रेवत कुमार तिम्सिना उपाध्यक्षमा विवश घिमिरे कोषाध्यक्षमा सपना घिमिरे सचिवमा रमेश कुमार आचार्य सह सचिवमा ओम कुमारी प्रधान रहेका छन् । सदस्यहरुमा प्रतीक्षा तामाङ, धन बहादुर राई, मन कुमारी रसाइली,सुजन घले,रुपेन योल्मु र प्रबिन कठायत छन् ।
२०७७/०७८ का लागी वडा नं ३ मा मात्र बेरोजगारको लागि जम्मा ५४३ ले आवेदन फर्म भरेका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागी वडामा २० लाख ६५ हजार बजेट बिनियोजन भएको छ । बेरोजगारी आवेदन फारम भरेका ५४३ मध्ये दुई तिहाई को सङ्ख्या पुग्न नसके पछि तेस्रो म्याद थप गरेर समिती गठन गरेको हो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि आवेदन दिएका बेरोजगारहरुले हिराङ्ग डाँडा देखि मानचोकको पिपलडाँडा जोडने ३ मिटर बाटो निर्माणमा खटाइने महिला वडा सदस्य सकुन्तला पौडेलले जानकारी दिइन । त्यस्तै आज नै प्रधानमन्त्री स्वरोजगार समितिको अनुगमन टोलि समेत गठन भएको छ ।
वडा सदस्य पौडेलको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिती गठन भएको हो । समितीको सदस्यहरुमा वीर बहादुर विश्वकर्मा, वालचन्द्र घिमिरे, अग्नि घिमिरे, राजु राई, मिलन घले, पिताम्बर अधिकारी, सुजता घिमिरे, उर्मिला भुजेल रहेका छन । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको काम चाडै नै प्राबिधिक स्टामेट तयार गरेर थाल्ने वडा सचिव पुजा कोइरालाले जानकारी दिइन।
समिती गठनकार्यक्रममा वडाका जनप्रतिनिधी गाउपालिका कार्यपालिका सदस्य स्थानिय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।