Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कोरोनाको महामारी र मानवअधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न

कोरोनाको महामारी र मानवअधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न

  • सन्देश सम्बाददाता
  • आइतबार, मंसिर २८ २०७७


कोरोनाको महामारी र मानवअधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न

विराटनगर ।  ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकार महाभेला २०७७ को अवसरमा कोरोनाको महामारी र मानवअधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
गैसस महासंघ  १ नं। प्रदेशका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता र १ नं  प्रदेशकी उपसभामुख माननीय सरस्वती पोख्रेलको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग १ नं प्रदेश कार्यालयकी निमित्त निर्देशक गिता दाहालले प्रदेशको मानव अधिकारको अवस्था र वरिष्ठ पत्रकार गणेश लम्सालले विपदमा दलितहरु माथिको आपत बिषय कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएका दुई वटै कार्यपत्रमाथि अधिकारकर्मी एवं जिल्ला बाल संगठन इलामका सभापति नवराज शंकरले टिप्पणी गर्नुभएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि पोख्रेलसहित १ नं  प्रदेशसभाकी सांसद् माननीय उमिता बराइली, गैसस महासंघकी केन्द्रीय सल्लाहकार सिर्जना दनुवार, केन्द्रीय सदस्य महेश्वरी राई र प्रदेश सल्लाहकार मणि अर्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी अन्तरक्रिया कार्यक्रममा कमल नेपाल, सन्जु शाह, प्रतीक्षा बस्नेत, सरस्वती दनुवार लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग १ नं। प्रदेश कार्यालय, गैसस महासंघ १ नं प्रदेश समिति, रिडेफ नेपाल सहित दुई दर्जन कार्यालय एवं संघ, संस्थाहरुको आयोजनामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन मानव अधिकार मञ्चका मनकुमार बराइलीले गर्नुभएको थियो ।
यसैगरी डिसेम्बर ९ देखि १३ तारीखसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानव अधिकार महाभेला २०७७ को समापनको अवसर पारेर भोलि विपद न्यूनीकरण सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको गैसस महासंघ केन्द्रीय सचिव एवं रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार