इलाममा पहिलो पटक जापानी प्रविधीको चिया टिप्ने मेसिन (हार्वेस्टर) भित्र्याइन लागेको छ । भारतका विभिन्न चिया वगानका प्रयोग गरिदै आएको मेसिन भारतबाट खरिद गरी टोक्ला चिया कमान, हिमालयन महालक्ष्मी टि स्टेटले प्रयोग गर्दै आएको थिए । जापानबाट भारत हुदै नेपाल आयत गरिदै आएको हार्वेस्टर अव भने नेपालका चिया किसान तथा उद्यमीहरुले नेपालमै खरिद गर्न सक्ने भएका छन ।

चियापत्ती टिप्ने मेसिन पहिलो पटक सोनु विजिनेस प्रालि ललितपुरले नेपालमा आधिकारिक विक्रि गर्न लागेको हो । जापानमा सन १९५९ देखी प्रयोगमा आएको यो मेसिन चिया तथा कफि विकास बोर्डको पहलमा नेपालमा ल्याइएको हो । चिनिया मेसिन भन्दा ४ गुणा बढी टिकाउ भनेर दाबी गरिएको सो मेसिनको प्रयोगबाट चियाको उत्पादन तथा गुणस्तरमा सुधार हुने उत्पादक ओचाइ कल्ट्री मेनुफेक्चरर लिमिटेडका एरिया मेनेजर सिन्जो हितोरीले बताए ।
उनका अनुसार जापानी मेसिनको प्रयोगबाट चियाको टिपाइमा ५० प्रतिशतले बृद्धि र गुणस्तरमा कुनै ह्रास हुने छैन । विभिन्न मोडलमा उपलव्ध हुने यो मेसिन तराइका चिया बगानहरुमो र पहाडी क्षेत्रकाका बगानमा प्रयोग मिल्ने मोडलमा उपलब्ध छन । भिरालो तथा पाखो जमिनमा लगाइएको चिया बगानमा १ जना मजदुरले प्रयोग गर्न सकिने यो मेसिन तराइका क्षेत्रमा २ जनाले प्रयोग गर्न सक्ने मोडलमा उपलब्ध हुनेछ । एक जनाले प्रयोग गर्न सक्ने मेसिनको मुल्य १ लाख ४ हजार र दुई जनाले प्रयोग गर्न मिल्ने लाई १ लाख ७० हजार रुपैया मुल्य पर्ने नेपालको लागी आधिकारिक विक्रेता सोनु विजिनेस प्रालिका गणेश खत्रीले बताए । पुर्वका चिया किसान र उद्यमीहरुको सहजताको लागी झापाको दमक सेल्स एण्ड सभिस सोरुम खोल्ने तयारी भइरहेको खत्रीले बताए । यो मेसिनले चिया लेबल अनुसार टिप्न मिल्ने उत्पादक कम्पनीको दावी छ । चिया टिप्ने मेसिनका अतिरिक्त ओचाइ कम्पनीद्धारा निर्मित चियाको हागा र कलमी काटने लगायतका चिया बगानमा प्रयोग गर्न सकिने विभिन्न प्रविधीका मेसिन समेत विक्री वितरण गरिने भएको छ ।
जापानमा सवै चिया बगानमा प्रयोग गरिदै आएको भनिएको यो मेसिनको प्रयोगबाट मजदुर अभावले थलिएको पुर्वको चिया क्षेत्रलाई राहत मिल्ने चिया विस्तार आयोजनाका प्राविधिक विवेक भण्डारीले बताए । जापान, ताइवान, कोरिया, श्रीलंका लगायतका चिया उत्पादन हुने क्षेत्रमा प्रयोगमा ल्याइएको यो मेसिन नेपालमा भने पहिलो पटक झापाले चिया बगानले प्रयोग गरेका थिए । चिनिया मेसिनभन्दा गुणस्तरिय, टिकाउ र कम मुल्यमा उपलव्ध हुने भएकाले नेपालमा यसको प्रयोग बढने वितरक कम्पनीको दावी छ ।