फिक्कल । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलले मास्क किन गोजीमा ? नामक सचेतना ¥याली गरेको छ । सूर्योदय नगरपालिका वडा नं १० को समन्वयमा मास्क लगाउन आह्वान सम्बन्धी नारा लेखिएको प्लाकार्ड बोकेर फिक्कल बजार परिक्रमा गरिएको थियो ।
कोरोनाको जोखिम बढ्दै जाँदा मास्क लगाउनका लागि मानिसहरु अटेर गरिरहेको कारण जागरुक बनाउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ¥याली आयोजना गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुले बताए । मास्क लगाउन अटेर गर्नेहरुको लागि ¥याली सहयोगी हुने लिम्बुले बताए । कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, नगर प्रहरी, स्थानीयबासिन्दा लगायतको सहभागिता थियो ।







