इलाम । इलाम सदरमुकामको अरनिको सङ्ग्रहालयमा राखिएको मुर्तिकार अरनिको सालिक अनावरण गरिएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले एक कार्यक्रमका बिच राष्ट्रिय बिभुति प्रख्यात कलाकार अरनिको प्रतिमा अनावरण गरेका हुन् । सङ्ग्रहालयको अनावण पछि महेश बस्नेतले इलाम नगरपालिकाले कला संस्कृतिको संरक्षण गर्न हरेक वर्ष बार्षिक बजेट मार्फत काम गरिरहेको बताए ।
इलाम नगरपालिकाको २०७६ साउनको ५ को निर्णय अनुसार कलाकार अरनिको प्रतिमा निर्माण गर्ने निर्णय गरेको थियो । अरनिको सास्कृतिक सङ्ग्रहालयको प्राङ्गणमा उत्त प्रतिमा स्थापनाले इलामको कला संस्कृति सँगै पर्यटनमा पनि सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए ।
कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेस श्रेष्ठले अरनिको प्रतिमा स्थापनाले इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने बताए । इलाम नगरपालिका साहित्य ,कला संगीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षतामामा भएको कार्यक्रममा कलाकार अरनिकोले मुर्तिकला,बासतुकला,र ज्योतिष विद्याको बारेमा पनि चर्चा गरि प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिएको प्रतिष्ठानका सदस्य दिवाकर भण्डारीले बताए ।
कलाकार अरनिको बि स १३०० मा जन्म भइ नेपालससँगै चिनसम्म पुगि नेलाली कला र सिपको प्रचार प्रसार गरि नेपाल चिन दुई देशको कुटनैतिक सम्बन्ध कायम गरेका थिए । कलाकार अरनिको बिक्रिम सम्बत १३६३ मा नधिन भएको थियो ।
