Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

श्रीमतीको मृत्यु भएको २४ घन्टा नवित्दै श्रीमानको मृत्यु

श्रीमतीको मृत्यु भएको २४ घन्टा नवित्दै श्रीमानको मृत्यु

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १७ २०७७


श्रीमतीको मृत्यु भएको २४ घन्टा नवित्दै श्रीमानको मृत्यु

इलाम । इलाममा श्रीमती मृत्यु भएको २४ घण्टा नवित्दै श्रीमानको समेत मृत्यु भएको छ । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु हुनु भन्दा २४ घन्टा अघि उनको श्रीमतीको मृत्यु भएको हो । मंसिर ८ गते स्वास्थ्यमा समस्या देखिएपछि फाकफोकथुम–४ का पुरुषको विराटनगरको नोबेल अस्पतालमा भ्यान्टिलेटरमा राखिएको थियो ।

उनको ८ गते स्वाव संकलनको रिर्पोट पोजेटिभ देखिएको थियो । उनको स्वास्थ्य सामान्य हुँदै गएपछि १३ गते भ्यान्टिलेटरबाट निकालिएपनि पुनः श्वास प्रश्वासमा समस्या र मुटुको धडकन अनियन्त्रित हुँदै गएको अस्पतालले श्रीमतीलाई सुनायो ।

श्रीमानको स्वास्थ्य स्थिती बारेमा थाहा पाएपछि अफ्ठयारो महसुस गरेकी श्रीमतीलाई सोमबार अस्पताल पु¥याउने वितिकै मृत्यु भएको नेकपा फाकफोकथुमका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए । मृतक पुरुषको १५ गते गरिएको परिक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार