Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईको सिंहदेबी मन्दिरमा देउसी भैलो

माईजोगमाईको सिंहदेबी मन्दिरमा देउसी भैलो

  • राेशन काफ्ले
  • बुधबार, मंसिर ३ २०७७


माईजोगमाईको सिंहदेबी मन्दिरमा देउसी भैलो

नयाँबजार । इलामको माइजोगमाई गाउँपालिका वडा नं १ होर्मु खोलामा रहेको श्री पञ्चकन्या सिहदेबी मन्दिरमा आज सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दुरी कायम गर्दै देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । वडा न १ र ३ को सिमानामा रहेको उक्त मन्दिरको निर्माण सहयोगार्थ देउसी भैली आयोजना गरिएको हो ।

किर्तन मण्डलीको बार्षिक उत्सवलाई समेत लक्षित गरेर आयोजनामा भएको देउसी भैलोबाट १६ हजार ८२२ नगद संकलन भएको छ । सत्यताको प्रतिकको रुपमा लिइने गरेको उक्त मन्दिरमा केही बर्ष अघि पुराण लगाउदा मन्दिर वरिपरि सिह समेत निस्किएको स्थानीयले प्रत्यक्ष देखेको पिताम्बर पौडयाल बताए । स्थानीय बासिन्दाको सहयोगमा मन्दिर निर्माण भएपनि थप विकासका लागि देउसी भैलो खेलिएको पौडयालले बताए ।

देउसी भैलो कार्यक्रममा मन्दिर समिती तथा मन्दिर आसपासका मानिसहरुको उपस्थिती रहेको थियो । आफुले चिताएको पुग्ने धार्मिक विश्वास रहेको उक्त मन्दिर भवन थप निर्माण गर्न साथै प्रचार प्रसारमा समेत भएको कारण दुवै वडाबाट सहयोगको स्थानीयले अपेक्षा राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार