Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको कालपोखरीमा शसस्त्र प्रहरीको बीओपी स्थापना

इलामको कालपोखरीमा शसस्त्र प्रहरीको बीओपी स्थापना

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २७ २०७७


इलामको कालपोखरीमा शसस्त्र प्रहरीको बीओपी स्थापना

सन्दकपुर। इलामको नेपाल भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । एक कार्यक्रमका बिच जिल्लाको तेश्रो बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल गिरी र प्रदेश सांसद खिनु लङ्वा लिम्बुले संयक्त रुपमा बीओपीको उद्घाटन गरे ।

पर्यटकीय क्षेत्र कालपोखरी आसपासका क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाईएको छ । कार्यक्रममा बोल्दै प्रदेश सांसद खिनु लङ्वा लिम्बुले बोर्डर क्षेत्रका जनताले बिगतमा भोग्दै आएको सुरक्षा चुनौती अन्त्य भएको बताइन् । उनले भारतीय पक्षबाट बारम्बार हेपाई खाइरहेका जनताहरु नेपाल तर्फ सुरक्षा संयन्त्र स्थापनाबाट सुरक्षित महसुस गरेको बताइन् ।  अब उपरान्त कालपोखरी क्षेत्रका जनताले शिर झुकाएर हिड्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

भारत तर्फ सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमी अतिक्रमण बढनुका बन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो । कालपोखरी क्षेत्रका बासिन्दाहरु बारम्बार भारतीय एसएसबीको हेपाई खाएर सहन बाध्य थिए ।

बीओपी उद्घाटन पछि बोल्दै शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल गिरीले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफु मातहतका प्रहरीलाई निर्देशन समेत दिए । उहाँले नेपाल सरकारले सिमा क्षेत्रमा बस्ने नागरिकहरुको सुरक्षाको निम्ति हालसम्म १८३ स्थानमा विओपी स्थापना भएको बताए । उनले सरकारले लक्ष्य लिएको २२१ ठाउँमै केहि समयभित्र विओपी स्थापनाको काम सम्पन्न हुने बताए ।

कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले स्थानीय बासिन्दाले मात्र नभई बीओपी स्थापना पछि पर्यटकहरुले समेत सुरक्षित महसुस गर्न पाउने बताए । उनले सिमामा नेपाली सुरक्षाको उपस्थिती नहुँदा पर्यटकहरुलाई भारतीय एसएसबीहरुले सास्ती दिने गरेको बताए ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सिमाका विओपी स्थापना हुनु सकारात्मक काम भएको बताए । उनले राष्ट्रियताको हिसाबमा कमजोर रहेको सरकार अहिले सिमा रक्षामा जागरुक भइरहँदा सिमा क्षेत्रका बासिन्दाहरुले शान्ति र अमनचयनको महसुस गरेको बताए ।

इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रमा रहेको छ । ती क्षेत्रमा रहने ६ वटा बीओपी मध्ये सलकपुर,समालबुङ र छब्बीसेमा यस अघि नै स्थापना भएका छन् । मंसिर महिनाभित्रै जौवारीर मानेभञ्ज्याङमा समेत विओपीको उद्धघाटन गरिने इलाममा शसस्त्र प्रहरी उपरिक्षक सुधिरजंग थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार