Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

‘अझै कति सहने ?’ (फोटो फिचर)

‘अझै कति सहने ?’ (फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २४ २०७७


‘अझै कति सहने ?’ (फोटो फिचर)

फिक्कल । इलामको सूर्योदय नगरपालिकाका किशोरीहरुले पनि जिल्लामा ‘अझै कति सहने ?’ अभियान संचालन गरेका छन् । महिला हिंसा र बलात्कारका घटनाविरुद्ध सोमबार फिक्कल बजारमा किशोरीहरुले प्रदर्शन गरेका हुन् । विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले प्लाकार्ड तथा ब्यानरसहित दिउँसो १२ :१५ बजे देखि एक घण्टासम्म चोकबजारमा उभिए ।

अभियानलाई नागरिक चासोको समेत समर्थन थियो । मौन प्रर्दशनमा किशोरीहरुलाई पुरुषहरुको समेत सर्मथन थियो । सबैको हातमा ‘अझै कति सहने नारा लेखेको प्लेकार्ड र महिला हिंसा विरुद्धको नारा लेखिएको थियो । पछिल्लो समय इलाम सहित देशैभर बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै किशोरीहरुले ‘अझै कति सहने ?’ भनेर सरकारलाई प्रश्न गरे ।

बलात्कारीविरुद्ध कडा कानुन ल्याउन सरकारलाई दबाब दिन प्रदर्शन गरेको प्रदर्शनको अगुवाई गर्ने अलिसा गदालले बताइन् । उनका अनुसार यौन हिंसा तथा चेलीहरुको जीवन सुरक्षित बनाउन दवाब दिइने उद्देश्यले बलात्कार र बलात्कारी सोच विरुद्धआवाज उठाउने र सुन्दर समाजको निर्माणमा सहकार्यका लागी प्रर्दशन आयोजना गरिएको हो । देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन् । उक्त अभियान देशको सातै प्रदेशमा संचालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार