जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। बीबीसीका अनुसार भर्खरै पेन्सेलभेनियामा वाइडनले जितेसँगै राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मत वाइडलाई प्राप्त भएको हो । यद्यपी अरु ३ वटा राज्यमा मतगणनाको अन्तिम नतिजा आउन बाँकी नै छ ।
बाँकी नभाडा, जर्जिया र नर्थ क्यारोलाइना राज्यमा मत गणना जारी छ । नाभाडामा वाइडनको अग्रता कायम छ भने जर्जियामा मत: पुन गणना हुने भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाइडनले २७३ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत रहेको छ। थप विवरण केही बेरमा।