Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

हार्न लागेका ट्रम्पमाथि किशोरी ग्रेटाको प्रहार ‘चिल डोनाल्ड, चिल ! ’

हार्न लागेका ट्रम्पमाथि किशोरी ग्रेटाको प्रहार ‘चिल डोनाल्ड, चिल ! ’

  • नमीन ढकाल
  • शनिबार, कार्तिक २२ २०७७


हार्न लागेका ट्रम्पमाथि किशोरी ग्रेटाको प्रहार ‘चिल डोनाल्ड, चिल ! ’

इलाम । जलवायु परिवर्तनका लागि तत्काल एकीकृत प्रयासको खाँचो रहेको भन्दै अभियानमा जुटेकी स्वीडेनकी किशोरी ग्रेटा थन्बर्गले आफूलाई व्यङ्ग्यात्मक प्रहार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ महिनापछि उस्तै जवाफ फर्काइन्। ट्रम्पले ट्विटरमा गरेको मतगणना रोक भन्ने पोष्टलाई उनले कमेन्टसहित रिट्वीट गरेकी छन्। ‘धेरै हास्यास्पद ! डोनाल्डले आफ्नो क्रोध व्यवस्थापनसम्बन्धी समस्यामा काम गर्नु पर्छ, त्यसपछि एक साथीसँग पुरानो शैलीको राम्रो फिल्म हेर्न जानुहोस् ! चिल डोनाल्ड, चिल !’

उनको ट्वीटलाई १३ लाख लाइक र २ लाख ९२ हजार पटक रिट्वीट गरिएको छ। टाइम म्यागेजिनले गत डिसेम्बरमा थन्बर्गलाई वर्ष व्यक्तिको रुपमा कभरमा राखेपछि ट्रम्पले मजाक उडाएका थिए। ​ आइरिस अभिनेत्री निर्माता एवम् लेखक रोमा डोउनेले बधाई सहित गरेको पोष्टलाई रिट्वीट गर्दै ट्रम्पले १२ डिसेम्बर २०१९ मा लेखेका थिए ‘धेरै हास्यास्पद१ ग्रेटाले आफ्नो क्रोध व्यवस्थापनसम्बन्धी समस्यामा काम गर्नु पर्छ। त्यसपछि साथीसँग एक राम्रो पुरानो शैली फिल्म हेर्न जानु ! चिल ग्रेटा, चिल !

गत वर्ष जलवायु सम्मेलनमा ग्रेटाको भाषणले विश्वको ध्यान खिचिरहँदा ट्रम्पले धार्मिक कार्यक्रमलाई महत्व दिएका थिए। अमेरिकी राष्ट्रपतिले जलवायु परिवर्तन शिखर सम्मेलनमा जानुको साटो धार्मिक उत्पीडनमा आफ्नो ध्यान लगाएपछि विवादित भएका थिए। उनले जलवायु परिवर्तनबारेको भाषण केबल १५ मिनेटसम्म सुने। त्यस लगत्तै ट्रम्पले ग्रेटाले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा गरेको सम्बोधनको भिडियो ट्वीट गर्दै व्यङ्ग्यात्मक रुपमा ‘उनी निकै खुशी किशोरी लाग्छिन् र उज्यालो तथा राम्रो भविष्यतर्फ उनको ध्यान देखिन्छ’, भनेका थिए।

ग्रेटाले त्यसको जवाफ आफ्नो ट्वीटर ह्यान्डलमा बायोग्राफी परिवर्तन गरेर दिएकी थिइन्। उनले आफ्नो बायोग्राफीमा ‘उज्यालो र उत्कृष्ट भविष्यतर्फ नजर भएकी निकै खुशी किशोरी’ उल्लेख गरेकी थिइन्। उनले ट्रम्पले आफ्नो व्यङ्ग्यका लागि प्रयोग गरेका शब्दहरू नै आफ्नो जवाफका रुपमा प्रयोग गरेकी थिइन्। उनको आक्रामक र भावनात्मक सम्बोधनको विश्वका नेताहरु तथा सेलिब्रिटीले समेट ट्वीट गर्दै प्रशंसा गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको मजाक उडाएका थिए।

‘जलवायु अभियानलाई अब अरु कुनै पुरस्कार आवश्यक पर्दैन’ : ग्रेटा

प्रतिक्रिया
सम्बन्धित समाचार