Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाल संगठन इलामको सदस्यमा थामी र तामाङ्ग नियुक्त

बाल संगठन इलामको सदस्यमा थामी र तामाङ्ग नियुक्त

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक २१ २०७७


बाल संगठन इलामको सदस्यमा थामी र तामाङ्ग नियुक्त

इलाम । नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति इलामको सदस्य पदमा भक्त बहादुर थामी र प्रमिला तामाङ्ग नियुक्त भएका छन्। बाल संगठनको आज सम्पन्न बैठकले थामी र तामाङ्गलाई सदस्य चयन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम जिल्ला संगठनको नाममा जिल्लामा रहेको चल, अचल सम्पत्तिको अभिलेख राख्ने र संरक्षण गर्ने कामलाई अघि बढाउने निर्णय गरेको छ ।

बैठक नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति सभापति नवराज शंकरको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार