Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको माइजोगमाइ गाउँपालिकामा थपिए ६ जना कोरोना संक्रमित

इलामको माइजोगमाइ गाउँपालिकामा थपिए ६ जना कोरोना संक्रमित

  • रोशन काफ्ले
  • शनिबार, कार्तिक ८ २०७७


इलामको माइजोगमाइ गाउँपालिकामा थपिए ६ जना कोरोना संक्रमित

नयाँबजार । इलामको माइजोगमाइ गाउँपालिकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । गाउँपालिकाको क्वारेन्टाइनमा बस्ने एक जनामा कोरोना संक्रमण भेटिएपछि थप ३५ जनाको पिसिआर जाँच गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
माईजोगमाई गाउपालिका वडा न १ र वडा न ३ मा अशोज २५ गते पिसिआर जाँच गरिएको थियो । पिसिआर जाँचको क्रममा २९ जनाको रिपोट नेगेटिभ आएपनि ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि पुनः परिक्षण गरिएको थियो ।
पुन परिक्षण गर्दा पनि रिपोट पोजेटिभ देखिएको देखिएको माईजोगमाई गाउपालिका स्वास्थ्य साखा प्रमुख राम शकर देवले बताए । पोजेटिभ देखिएकामध्ये एक जना जनप्रतिनिधि रहेका छन् । उनीहरुलाई अहिलृ कुनै पनि लक्षण नदेखिएको र पिसिआर जाँच गरेपछी उनिहरु होम क्वारेन्टाइनमा नै बसेको माईजोगमाई गाउपालिका वडा न ३ का वडाध्यक्ष याम प्रसाद लामाले बताए ।
माईजोगमाइ ३ मा मात्र जम्मा २७ जनाको पिसिआर परिक्षण गरिएको थियो । जसमध्ये ३ जना जनप्रतिनिधी १० प्रहरी र १४ जना स्थानियको पिसिआर परिक्षण गरिएकोमा ६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका व्यक्तीहरु सबै माईजोगमाई ३ कै रहेका छन् ।
कोरोना संक्रमण देखिएपछि होम आइसुलेसनमा बस्ने व्यवस्था गरिने गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । अहिले दशै बिदा रहेको र संस्थागत आइसुलेसनहरु बन्द रहेको अवस्थामा घरमै सुरक्षित तरिकाले राख्ने व्यवस्थाका लागि गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुको टोली खटाइएको अध्यक्ष राईले लोकल सन्देश अनलाइनलाई जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार