इलाम । इलाम नगरपालिका–१२ को राज्यले निर्धारण गरी वर्गिकरण गरेको लक्षित वर्गको पुरानो समिती विघटन गरिएको छ । स्थानिय तहको निर्वाचनपछि जननिर्वाचित प्रतिनिधीहको रोहवरमा साङरुम्वामा ८ वटा लक्षित वर्गमध्ये ६ वटाको समिती गठन गरिएको छ । तारा कटेलको अध्यक्षतामा महिला समिती गठन भएको छ ।
समितीको उपाध्यक्षमा रिता लिम्ब, सचिव सितादेवी लिम्बु, सहसचिव कविता लिम्बु, कोषाध्यक्ष कृष्णकुमारी राई रहेका छन । सदस्यहरुमा दमन्ता लिम्ब, मुना चौहान, प्रमिला लिम्बु, धनकुमारी बुढाथोकी, शुशिला लिम्बु र प्रेम मगर रहेका छन । गोमा खातीको अध्यक्षतामा दलित समिती गठन भएको छ । समितीको उपाध्यषमा डिल्ली रसाइली, सचिव टंक रसाइली, सहसचिव जगत सिञ्चुरी र कोषाध्यक्षमा तारा खाती रहेका छन । सदस्यहरुमा विनोद दर्जी, दमन्ता खाती, सावित्री गहते, लोकबहादुर बराइली, तिर्थ दर्जी र कुमारी ल्वागुन रहेका छन ।
त्यस्तै तिर्थ खनालको अध्यक्षतामा असक्त तथा अपाङग समिती गठन भएको छ । समितीको उपाध्यक्षमा धानप्रसाद शिवाकोटी, सचिव राज राई, सहसचिव अम्विका घिमिरे, कोषाध्यक्ष विनिता महत रहेका छन । सदस्यहरुमा भिमकुमारी राई र देवेन्द्र कटुवाल रहेका छन । किर्तिमान समालको अध्यक्षतामा युवा तथा खेलकुद समिती गठन गरिएको छ । समितीको उपाध्यक्षमा प्रशना राई, सचिव उदय राई, सहसचिव प्रताप लिम्बु, कोषाध्यक्ष धमप्रसाद जवेगु रहेका छन । सदस्यहरुमा मिलन चौहान, टिका एक्तेन, गजेन्द्र लिम्बु, मानबहादुर तामाङ, दर्शन राई र होमनाथ रिजाल रहेका छन । त्यसै गरी युवा तथा खेलकुद सल्लाहकार समिती समेत गठन गरिएको छ ।
समितीको संयोजकमा ठाकुरमान राई चयन भएका छन । सदस्यहरुमा वीरबहादुर तामाङ, राजेन्द्र खत्री, नेत्रप्रसाद तामाङ र रत्न लिम्बु रहेका छन ।
त्यस्तै नरेन्द्र बुढाथोकीको अध्यक्षतामा बालबालिका समिती गठन भएको छ । समितीको उपाध्यक्षमा प्रकाश घिमिरे, सचिव माया लिम्बु, सहसचिव तारा थापा, कोषाध्यक्ष तिलक राई रहेका छन । सदस्यहरुमा विनिता लिम्बु, विविमाया लिम्बु, तुलसा पाण्डे, हरिमाया मगर, मुना राया खत्री, कपराज मगर, पुष्पा तामाङ र चन्द्रमाया खाती रहेका छन । कुलबहादुर लामाको अध्यक्षतामा जेष्ठ नागरिक समिती गठन गरिएको छ ।
समितीको उपाध्यक्षमा ददिराम सापकोटा, सचिव महाशेर लिम्बु, सहसचिव उमाकान्त उप्रेती, कोषाध्यक्ष खेमकुमारी पौडेल रहेका छन । सदस्यहरुमा हर्कमान लिम्बु, वेदबहादुर थापा, गम्भिर बहादुर कटुवाल, भिमबहादुर राउत र तारादेवी लिम्बु रहेका छ