माई । इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–१ का ४५ बर्षिय पदम राई रहेका छन् । संघीय प्रहरी इकाई धरानको लैला नामक ट्रयाकर कुकुरको सहायतामा पदमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत असोज २९ गते अन्दाजी साढे १० बजेको समयमा पदमबहादुरको आगनमा पुष्पलाल मृत फेला परेका थिए ।
घटना लगतै इलामका प्रहरी उपरिक्षक नविनराज राईको नेतृत्वमा टोली घटनास्थल गएर अनुसन्धान सुरु गरेको थियो । धारिलो हतियारले घाँटीको पछाडीको भागमा काटेको देखिएपछि थप अनुसन्धानको लागि लैलालाई झिकाएको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए
लाशलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि घटनामा संलग्न पदमबहादुरलाई खकुरी सहित पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट पदमबहादुरले हत्या गरेको स्विकार गरेको सुवेदीले जानकारी दिए । मृतक राई अम्लिसे भञ्ज्याङ आधारभुत विद्यालय अध्यापन गराउँदै आएका थिए ।

