Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामकी बालिकाको कोरोना संक्रमणबाट मृत्यु

इलामकी बालिकाको कोरोना संक्रमणबाट मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक २ २०७७


इलामकी बालिकाको कोरोना संक्रमणबाट मृत्यु

फिक्कल। नेफ्रोटिक सिन्ड्रोमको उपचार गराइरहेकी सूर्योदय नगरपालिका–१० की ७ बर्षिया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिन अघि कोरोना संक्रमण देखिएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्रममा शुक्रबार राती निधन भएको बालिका बचाउ अभियनता कुनाल राईले जानकारी दिए ।

‘नानीमा संक्रमण देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने रहेछ । पुर्वमा कहि पनि भेन्टिलेटर नपाएपछि हस्पिटलले घर नै लग्न भनेका कारण ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको हो । ’ कुनालले भने ‘एक महिनासम्म विराटनगर राख्दा स्वास्थ्यमा सुधार नभएपछि बालिकाकालाई उपचारको लागि काठमाण्डौ लग्ने तयारी गरिएको थियो । तर काठमाण्डौमा उपचारका लागि पिसिआर रिर्पोट खोज्ने रहेछ टेस्ट पोजेटिभ आयो । रिकभर हुनु अघि नै उनको निधन भयो ’

उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएको यो इलामको पहिलो घटना हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार