Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज

पुर्व प्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज ३० २०७७


पुर्व प्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य अवस्थामा सुधार भएपछि शुक्रबार डिस्चार्ज भएका छन् । बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उनी धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उपचारमा खटिएका स्वास्थ्यकर्मी टिम प्रति आभार व्यक्त गरेका छन् ।

‘अस्पतालका डाक्टरहरु निरन्तरको राम्रो उपचार पछि अहिले मेरो स्वास्थ्य सामान्य अबस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु । यसका लागि मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी टिम प्रति आभार ब्यक्त गर्दछु ।’

उनले भने ‘साथै म उपचारार्थ अस्पतालमा हुदाँ मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्ण आदरणीय नेतागणहरु,कार्यकर्ताहरु,समर्थकहरु,आफन्तहरु,पत्रकारहरु तथा शुभेच्छुकहरु सबै प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’ स्वास्थ्य अवस्था सामान्य भएपछि अहिले खनाल घरमा आराम गरिरहेको उनका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार