इलाम । बाल संगठन इलामको तर्दथ समितिको सभापतीमा नवराज शंकर मनोनित भएका छन् । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको संगठनको इलाम सभापतिमा शंकरलाई मनोनित गरिएको हो । नेकपा इलाम जिल्ला कमिटि सचिवालय सदस्य तथा कार्यालय सविच रहेका शंकरलाई असोज २० गते सभापतिमा मनोनय गरिएको थियो ।
असोज १६ गतेको बाल संगठन केन्द्रिय कार्यसमितिको बैठकले सबै जिल्लाका समितिहरु भंग गरेपछि तर्दथ समिति बनाइएको हो । शंकर यसअघि जिल्ला युवा समितिको अध्यक्ष रहेका थिए । उनले लामो समय विद्याथी राजनितिमा अखिलको नेतृत्व समेत सम्हालेका छन् ।