Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रुखले लागेर फाकफोकथुममा एक जनाको मृत्यु

रुखले लागेर फाकफोकथुममा एक जनाको मृत्यु

  • लिला सुब्बा
  • शनिबार, असोज १७ २०७७


रुखले लागेर फाकफोकथुममा एक जनाको मृत्यु

फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको ज्यान गएको छ । अपराहन्न १२ बजेको समयमा उत्तिसको रुखले लागेर स्थानीय २८ बर्षिय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो ।

काट्दै गरेको रुखले अर्को रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि अहिले इलाम अस्पताल ल्याइदैछ । घटनास्थल प्रहरी चौकी भन्दा करिब १५ किलोमिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार