Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पताललाई पुर्वप्रधानमन्त्री खनालले दिए स्वास्थ्य सामाग्री

इलाम अस्पताललाई पुर्वप्रधानमन्त्री खनालले दिए स्वास्थ्य सामाग्री

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ८ २०७७


इलाम अस्पताललाई पुर्वप्रधानमन्त्री खनालले दिए स्वास्थ्य सामाग्री

इलाम । कोरोना विरुद्धको सुरक्षाका लागि पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का संघीय सांसद झलनाथ खनाल पछिल्लो समय सक्रिय रुपमा लागेका छन् । उनले आफनो जिल्लामा कोरोना विरुद्धको लडाइका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै आएका छन् । गत भदौको पहिलो साता आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८ सय थान पिपिई र १ हजार ५ सय थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।

खनालले भरखरै इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालले स्वास्थ्य सुरक्षा सामाग्री इलाम अस्पतालका प्रतिनिधीलाई हस्तान्तरण गरे । चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा खनालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार