फिक्कल । संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाले मिनि म्याराथन प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले पर्यटकीय क्षेत्र कन्याम देखि फिक्कल बजारसम्म ४ किलोमिटर म्याराथन आयोजना गरेको हो । खुल्ला तर्फ सूर्योदय नगरपालिकाका रुपेश राई प्रथम हुँदै नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरे । सूर्योदय–९ कै रुपेश राई द्धितिय, वडा नं १२ का सञ्चमान राई तृतिय, वडा नं ९ का सनुप गुरुङ चौथो र वडा नं ९ का नसिब राईले पाँचौ स्थान हासिल गरे ।
उनीहरुले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । महिला तर्फ सूर्योदय नगरपालिका–७ की मनिका घले प्रथम हुँदै नगद ३ हजार प्राप्त गरिन् । द्धितिय वडा नं ९ की भावना र तृतिय वडा नं ५ की पुष्पा लेप्चाले हासिल गरिन् । उनीहरुले क्रमश २ हजार र १ हजार सहित प्रमाणपत्र प्राप्त गरे । भ्याट्रन तर्फ नगर प्रहरी सन्जिव कार्की प्रथम हुँदै नगद ३ हजार प्राप्त गरे । द्धितिय शसस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्टका प्रहरी निरिक्षक नविन खतिवडा र तृतिय नगर प्रहरी राजकुमार प्रधान घोषित भए ।
उनीहरुले क्रमश २ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुर्यबाला राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राईले संविधान निर्माणका लागि ६ सय ८ दिनमा भएका गतिविधिको बारेमा चर्चा गरेका थिए । उनले ५ सय २८ जनाको हस्ताक्षरले बनेको संविधानले आम नेपालीको अधिकार प्रत्याभुत गरेकाले कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न राजनितिक दल, संघसंस्थाका प्रतिनिधि लगातयको आतिथ्यता रहेको थियो । संविधान दिवस अन्र्तगत सूर्योयद नगरपालिकाले ३ बजेबाट एक दिवसिय फुटसल खेलको समेत आयोजना गरेको छ । प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बैंकर्स, स्वास्थ्यकर्मी लगायत ८ टिमको सहभागिता रहेको छ ।











