Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २८ २०७७


प्रदेश १ मा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साउन छ गतेदेखि यता प्रदेश भर कोरानाबाट ४७ को मृत्यु भएको हो। प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ छ।

शनिबार विराटनगर ८ का पुरुषको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो। मन्त्रालयमा अनुसार विराटनगरसहित मोरङमा २७ जनाको मृत्यु भएको छ। जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन्।

त्यसबाहेक सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ। प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो। प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमण देखिएकोमा विराटनगरका मात्र ४६ छन्। विराटनगरका २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३६४ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार