Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

खर्च अभावमा थलिदै मृगौला पिडित जोगमाईका लोकबहादुर

खर्च अभावमा थलिदै मृगौला पिडित जोगमाईका लोकबहादुर

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २३ २०७७


खर्च अभावमा थलिदै मृगौला पिडित जोगमाईका लोकबहादुर

नयाँबजार । उपचार खर्चको अभावमा मृगौला रोगबाट पिडित इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाईका लोकबहादुर थामी थलिएका छन् । १० दिन झापाको विर्तासिटी हस्पिटलमा उपचारपछि आर्थिक अभावपछि अहिले घर ल्याएर राखिएको छ । घारेगाउँका ३९ बर्षिय थामीलाई गत साउनमा अस्पताल राखेर उपचार गरिएको थियो ।

उपचारका क्रममा ३ लाख रुपैया भन्दा बढि खर्च भएपछि अहिले उनका बाबु जगतबहादुर थामी सहयोगको अपिल गरेका छन् । घरमा भएको जिन्सी र सरसापटबाट सामान्य उपचार गरे । यो भन्दा माथि गर्ने मेरो क्षमता छैन् ।’ लोकबहादुरले भने ‘ घरव्यवहार नै चलाउन धौ धौ छ थप उपचार खर्च कहाँबाट ल्याउँ ।

सहयोगी दाताहरुको आश छ । ’ डायलोसिस र मृगौला प्रत्यारोपणको लागि लोकबहादुरको उपचारमा १५ लाख रुपैया लाग्ने भएको छ । उनको थप उपचारको लागि काठमाण्डौ लग्नुपर्ने भएकाले सहयोग गर्न जगतबहादुरले अपिल गरे । लोकबहादुरको उपचारको सहयोग लागि वडा कार्यालयबाट सिफारिस गरिएको छ । सहयोग गर्न चाहनेहरुले कुषि बिकास बैक लिमिटेटको खाता नम्बर ०६०१०००७१५१००१३ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार