फिक्कल । मेची राजमार्गको इलामको कुटिडाँडाँ देखि जोरकलश सडक खण्डमा गएको पहिरोपछि अहिले सडक दुई तफी खुलेको छ । आधा घण्टा अघिबाट दुई तर्फि रुपमा राजमार्ग खुलेको हो । विहान २ बजेबाट सडक खण्डको विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध रहेको थियो ।
डिभिजन सडक कार्यालयको जेसिबी र निर्माण व्यवसायी डम्बर खड्काको जेसीबीको ८ घण्टाको मेहनतपछि अहिले यातायात सुचारु भएको पर्यटन सुचना केन्द्र जोरकलशका सुचना अघिकारी गगन घिमिरेले जानकारी दिए । उनका अनुसार सडकको जेसीबीले विहान ६ बजेबाट पहिरो पन्छाउन थालेको थियो । खड्काको जेसीबीले ९ बजेबाट पहिरो पन्छाएपछि अहिले यातायात आवागनमा सहज भएको हो ।
https://www.facebook.com/shambhu.dahal7.sd/videos/3416607058396164/