Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पहिरोले मेची राजमार्ग अबरुद्ध

पहिरोले मेची राजमार्ग अबरुद्ध

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १६ २०७७


पहिरोले मेची राजमार्ग अबरुद्ध

रोङ । मेची राजमार्गको अन्तर्गत इलामको फिक्कल- किटेनी सडक खण्ड अबरुद्ध भएको छ । गएराती परेको भारी बर्षाका कारण रोङ गाउँपालिकाको पहरी गाउँ देखि किटेनी सम्मको क्षेत्रमा पहिरो झर्दा बिहान देखि सडक अबरुद्ध भएको हो । सडकमा पहिरोका झरेका कारण झापा बाट इलाम, पाँचथर र ताप्लेजुङ चल्ने सवारी साधन तथा झापा झर्ने यातायातका साधन ठप्प भएको छ । सडक सुचारु गर्ने काम भइरहेको भएपनि केहि समय लाग्ने जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार