Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फिक्कल खानेपानी आयोजना संघीय सरकारको सहयोगमा स्तरउन्नती

फिक्कल खानेपानी आयोजना संघीय सरकारको सहयोगमा स्तरउन्नती

  • सुजन तिमल्सिना
  • बिहिबार, भाद्र ११ २०७७


फिक्कल खानेपानी आयोजना संघीय सरकारको सहयोगमा स्तरउन्नती

फिक्कल । सूर्योदय नगरपालिका केन्द्र रहेको फिक्कल बजार क्षेत्रमा सफा पानी वितरण गर्दै आएको फिक्कल खानेपानी तथा सरसफाई आयोजनाको स्तरउन्नती गर्ने शुरु भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा संघीय खानेपानी विभागले फिक्कल बजारको सहरी क्षेत्रको विस्तारलाई मध्यनजर गर्दै ओभर फ्लो भएको पानीलाई व्यवस्थित गरि उपभोक्तालाई वितरण गर्ने योजना अनुरुप स्तरउन्नतीको काम गरिएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख विपुलकुमार लालदासका अनुसार सूर्योदय ३ मा खरे जाँदै गरेको पानी पाइप थप गरि उपभोक्तामा वितरण गर्ने योजना रहेको छ । गत आर्थिक वर्षमा हुँदै आएको काम उपभोत्ता मार्फत काम हुँदै आएको हो । हेड लसका कारण खेर गएको पानी ५ एम एमको पाइप थप गरि आठ कलिोमिटर क्षेत्रमा पाइप थप गरि रिर्जभ टेंकिमा पानी संकलन गरिने फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दुर्गा बरालले बताए ।
सूर्योदय नगरपालिका ३ को मेहेलबोटेदेखि काजी फाकटसम्मको क्षेत्रमा पाइप थप गरि रिर्जभ टेंकीसम्म पानी ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष बरालले बताए । प्रतिसेकेण्ड ९ लिटर पानी रिर्जभ टेंकीमा झर्दै आएको आयोजनाको स्तरउन्नती भएपछि प्रतिसेकेण्ड सात लिटर पानी थप हुनेछ । स्तरउन्नती पछि २४ घण्टामा साढे सात लाख लिटर पानी उपभोक्तामा वितरण गर्न सकिनेछ । हाल फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक हजार तीन सय ४० वटा धारा वितरण भएकोमा स्तरउन्नतीपछि ६ सय धारा वितरण गर्न सकिनेछ ।  उपभोक्ताको २० प्रतिसत र संघीय खानेपानी विभागको ८० प्रतिशत लगानीमा स्तरउन्नतीको काम हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार