इलाम । “खोल्साको सुन” अथवा “कालो सुन” को उपमा पाएको अलैची कुनै बेला प्रतिमन १ लाख सम्म बिक्री भएको थियो तर अहिले मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन रू १ लाख ३० हजारले विक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो । देशमा नै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैंची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।
किसानहरुको लागि आम्दामीको राम्रो श्रोत रहेको मानिएको नगद बाली खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान बस्तुको रुपमा लिने गरेको पाइन्छ । जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा अलैंची रहेको छ ।
खोल्सामा उत्पादन हुने अलैंची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा विकेको वस्तु हाल भएको लकडाउनका कारण निरन्तर ओरालो लागेपछि बिक्री हुन अवस्था नरहेको र भईहालेपनी रू २० देखि २२ हजारसम्म मात्र प्रतिमन अलैंची किनबेच हुने गरेको इलाम बिब्लयाटेका व्यापारी कृष्ण पौडेलको भनाई छ ।पौडेल भने ‘लकडाउनका कारण बाहिरी बजारमा जान नपाएको कारण पनि मूल्य घटेको हो’ अघिल्लो वर्ष ३० हजार लगाएर किनेको अलैची ५० प्रतिसत हामीसँगै छ अहिले २२ हजारमा बेच्नु परेपछि व्यापारी घाटामा परेका छौ । साउन अन्तिमदेखि अलैंचीको सिजन शुरु हुन्छ । तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैंची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैंची टिप्ने गरिन्छ । पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची लाएका छन् ।
धान खेतीभन्दा अलैची खेतीबाट बढी आम्दामी हुने भएपछि किसानहरु धान रोप्ने खेतमा अलैचीको लगाएका थिए । प्रसस्त अलैचीको फल र बिरुवा उत्पादन भएर निर्यात गर्न थालिएपछि किसानहरु पनि अलैची खेतीप्रति आर्कशित बनेका थिए । वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैंचीले नै पुग्ने गरेको भए पनि हाल ६ मन बेच्दा पनि ६ वर्ष अघिको एक मन अलैंचीको दाम नभेटाइने गरेको इलाम माइजोगमाई प्याङ्गका किसान रमेश राइको भनाइ छ ।
लेकाली क्षेत्रमा मात्र गरिँदै आएको अलैंची खेती पछिल्लो समयमा औल क्षेत्रमा पनि खेतबारी मासेर लगाउने क्रम बढेको छ । औल क्षेत्रका लागि सिफारिस गरिएको सलकपुरे अलैंची लेकाली क्षेत्रमा पनि पुगेको छ । त्यस्तै भार्लाङ र रैथाने अलैंची पनि उत्तिकै प्रचलनमा छ । नेपालमा यसको खेती पुर्बी क्षेत्रको पहाडी जिल्लाहरू ९ इलाम, ताप्लेजुङ्ग, पांचथर, भोजपुर० जुन भारतको सीमासँग नजिक छन्, यहाँ वर्षौ अघि देखि खेती सुरु भएको बताइदै आएको पाइन्छ ।
सुरुमा इलामका बासिन्दाहरूले २—४ बोट भारतको सिक्किमबाट व्यापारिक तथा आफन्तको घरमा कामको सिलसिलामा गएको बेलामा घर फर्कदा आफूसँग ल्याई घर वरिपरि चिस्यान भएको ठाउँंमा रोपी यसको खेती थालनी भएको बुझिन्छ । अलैची खेतीलाइ पानी प्रिय र छहारी प्रिय मानिन्छ । तर बढी छहारीले यसमा नकरात्मक असर पार्दछ ।
पानी अनिबार्य रहेपनि बढी छहारी भएको स्थानमा पानी अनिबार्यता भएको मानिन्दैन । अलैचीको खेती समुन्द्र सतहबाट ७०० देखी २१०० मिटर सम्म हुने गरेको छ । अलैची खेतीको लागि उपयुक्त तापक्रम १० देखी २५ डिग्री सेन्टिग्रेट हुने पहाडी क्षेत्र हो । नेपालका ४२ भन्दा बढि जिल्लामा अलैची खेती हुने गरेको भएपनि प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ , तेह्थुम, धनकुटा, ,संखुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ । नयाँ बुलन्द