Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नगर क्षेत्रलाई हरियाली बनाउन सूर्योदय नगरपालिकाद्धारा  बिरुवा वितरण

नगर क्षेत्रलाई हरियाली बनाउन सूर्योदय नगरपालिकाद्धारा  बिरुवा वितरण

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन २८ २०७७


नगर क्षेत्रलाई हरियाली बनाउन सूर्योदय नगरपालिकाद्धारा  बिरुवा वितरण

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले नगर क्षेत्रलाई हरियाली बनाउने अभियान अन्तर्गत बिभिन्न जातका ५० हजार विरुवाहरु सामुदायिक वनहरुलाई वितरण गरेको छ। नगरपालिकाको वन,वातावरण तथा विपद व्यवस्थापन समिति मार्फत नगर क्षेत्रका सामुदायिक बनहरुलाई चाप , तेजपत्ता , उत्तीस लगायतका गरी ५० हजार बिरुवा बितरण गरेको हो । नगरपालिकाको वन,वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुवास कुमार राईका अनुसार वडा नम्बर १२ को गणेश्वरी माध्यमिक बिद्यालयलाई ७ सय  तेजपत्ता र ५ सय  उत्तीसको बिरुवा बितरण गरिएको छ । यस्तै वडा नम्बर ८ को मालुम सामुदायिक वनलाई २ सय चाप र ५०  तेजपत्ताको बिरुवा बितरण गरिएको छ ।

नगरले वडा नम्बर १ को चित्रेहिले सामुदायिक वनलाई २ सय  चाप र आठ हजार  उत्तीस, वडा नम्बर ८ को सिद्ध आधारभूत बिद्यालयलाई २ सय  चाप र ५० तेजपत्ता, सोही वडाको याङथुम गुम्बालाई ५०  चाप र ५०  तेजपत्ता, वडा नम्बर २ को रानीवनलाई २ सय  चाप र वडा नम्बर ८ को सिद्धबाबा आर्यघाटलाई २ सय  उत्तीस, ५० चाप र १०  तेजपत्ताकाे बिरुवा बितरण गरेको छ ।


वितरण गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बन जंगल जोगाए मात्र वातावरण जोगाउन सकिने भएकाले अभियानकै रुपमा बिरुवा रोपण कार्यक्रम शुरु गरिएको बताए  नगर प्रमुख राईले भने ‘ बिरुवा रोपेर मात्र भएर सम्बन्धित सबैले बिरुवा हुर्काउने कार्यमा लाग्नु पर्छ ।’

उनले आगामी बर्ष नगर क्षेत्रका सबै सामुदायिक बन र सार्वजनिक स्थलमा बिरुवा रोपणका लागि थप योजना संचालन गरिने जानकारी दिए । ‘बोट बिरुवा जोगाउन सके वातावरण त जोगिन्छ नै नगरको र सामुदायिक बनहरुको आम्दानीको स्रोत पनि बढने छ ’ नगर प्रमुख राईले भने । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयलाई हरीयाली र वातावरण मैत्री राख्ने योजना नगरको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार