Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका २२ जना सशस्त्र प्रहरी कोरोना जितेर फर्कीए

इलामका २२ जना सशस्त्र प्रहरी कोरोना जितेर फर्कीए

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २७ २०७७


इलामका २२ जना सशस्त्र प्रहरी कोरोना जितेर फर्कीए

फिक्कल । कोरोना भाइरस९कोभिड १९ संक्रमण मुक्त भएर इलामको सशस्त्र प्रहरीबल १ नम्बर गण का २२ जना गणमा फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि मोरङको गोठगाउँमा रहेको कोरोना अस्पताल र धरान स्थित बिपी कोईरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएका २२ जना सशस्त्र प्रहरी कोरोना जितेर सोमबार गणमा फर्किएका हुन् ।  १० दिन सम्म ती अस्पतालमा राखेर उपचार गराईरहेको उनीहरुको नेगेटिभ रिर्पोट आएपछि गण ल्याईएको सशस्त्र प्रहरीबल १ नम्बर गण का एसपी सुधिरजंग थापाले जानकारी दिए ।

गणका २८ जनाको उपचार भइरहेको एसपी थापाले जानकारी दिए । ती मध्ये ६ जना सामान्य अवस्थामा गणमै रहेका छन् । सशस्त्र प्रहरीको पशुपतिनगरमा रहेको बीओपी र आईतबारे पोष्टको भने रिर्पोट आउन वाँकी रहेको छ । सीमा सुरक्षा र कोरोना नियन्त्रण लागि सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा कोरोना फैलिएपछि इलाममा उच्च सर्तकता अपनाइदै आएको छ । एसपी थापाले सीमा क्षेत्रको सुरक्षा र अग्रभागमा रहेर काम गर्ने प्रहरीमा संक्रमण देखिए पनि समुदायमा कोरोना नफैलियोस भनेर उच्च सुरक्षा सर्तकता अपनाईएको जानकारी दिए । इलाममा हाल समुदायमा कोरोना संक्रमण फैलिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार