Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कसुमीको उपचारमा मलेसियाबाट एक लाख ६५ हजार बढि सहयोग

कसुमीको उपचारमा मलेसियाबाट एक लाख ६५ हजार बढि सहयोग

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २५ २०७७


कसुमीको उपचारमा मलेसियाबाट एक लाख ६५ हजार बढि सहयोग

इलाम । ब्लड क्यान्सर पिडित कसुमी राईको उपचारका लागि मलेसियामा कार्यरत नेपालीहरुले १ लाख ६५ हजार रुपैया भन्दा बढि सहयोग रकम पठाएका छन् । देउमाई नगरपालिका–३ घर भइ हाल सेक्कम जापानिज कम्पनीमा कार्यरत तोयाजित राई र वडा नं ८ का सन्तोष रायको पहलमा ५ हजार ९ सय ३० रिङ्गेट अर्थात नेपाली १ लाख ६५ हजार ७ सय १४ रुपैया सहयोग रकम प्राप्त भएको हाे ।

गत मंसिरबाट ब्लड क्यान्सर पिडित कसुमी हाल कान्ति बाल अस्पतालमा उपचाररत छिन् । उनको उपचारमा हालसम्म करिब १६ लाख रुपैया भन्दा बढि खर्च भइसेकको बुबा नरकुमार राईले जानकारी दिए । देउमाई नगरपालिका–३ शान्तिडाँडाका घर भएका नरकुमार फुटबल खेलाडी एवम प्रशिक्षक हुन् । शसस्त्र प्रहरी बलमा एक दशक खेलाडी र प्रशिक्षकको रुपमा बिताएका थिए । उनले हाल शसस्त्र प्रहरीबलबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गरेका खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार