फिक्कल । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रुपटार निवासी क्यान्सर पिडित टिका बुढाथोकीलाई एकतप्पा सेवा समाज झापाले उपचारको निम्ती ५० हजार सहयोग गरेको छ । झापामा बसोबास गर्ने एकतप्पा बासीहरुबाट रकम संकलन गरि ४० बर्षिय टिकाको उपचारको निम्ति समाजका सहयाेग गरेकाे हाे । अध्यक्ष डबल लिम्बुको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यहरुले टिकाका श्रीमान गुमानसिह बुढाथोकीलाई हस्तान्तरण गरेको समितिका सचिव गंगा गोदार थापाले बताए ।
मुखमा क्यान्सर भएपछि बुढाथोकी पुर्बाञ्चल क्यान्सर अस्पताल, विर्तामोड झापामा उपचार गराइरहेकी छन् । हाल क्यान्सरको सफल अप्रेसन भई उनी उपचारको क्रममा रहेकी छन् । आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उपचारको निम्ति सहयोग गरिएको एकतप्पा सेवा समाजले बताएको छ । यो भन्दा पहिला एकतप्पाकै क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाई समेत समाजले ५० हजार सहयोग गरेको थियो ।
यस्तै अर्जुनधारा नगरपालिका बस्दै आएको स्वर्गिय पञ्च बहादुर धमलाको परिवार समेत समाजले नगद तथा खाद्यान्न गरि ८ हजार सहयोग गरेको छ । धमला पाँचथरको पौवासारताप बाट एकतप्पा बसाइ सरी आएर केहि बर्ष बसेका थिए । गत बर्ष झापा बसाई सरेका धमलाको ५१ बर्षको उमेरमा साउन १४ गते मृत्यु भएको थियो । उनको एक श्रीमती, ४ छोरी र ३ छोरा रहेका छ्न । परिवारकाे आर्थिक अवस्था ज्यादै कमजोर रहेको कारण समाजले सहयाेग गरेकाे बताइएकाे छ ।
इलाम फाकफोकथुम–६ र ७ एकतप्पाबाट झापामा रहेर विभिन्न पेसा ब्यवासायमा आबद्द भएरकाहरुले सामाजिक सेवा एवं गाउँको विकास र प्रबर्द्धन गर्नको लागी एकतप्पा सेवा समाज झापा गठन गरिएको बताइएको छ। हाल समाज सामाजिक काम एवं घातक विरामीहरुलाई स्वास्थ्य उपचारको लागी सहयोग गर्दै आएको समाजसेवी युवा प्रकाश परियारले बताए ।