Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

तीन तहको सरकारले विकास निर्माणको काममा तिब्रता दिएको छ : सासंद खिनु लङ्वा लिम्बु

तीन तहको सरकारले विकास निर्माणको काममा तिब्रता दिएको छ : सासंद खिनु लङ्वा लिम्बु

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन १७ २०७७


तीन तहको सरकारले विकास निर्माणको काममा तिब्रता दिएको छ : सासंद खिनु लङ्वा लिम्बु

फिक्कल । प्रदेश सासंद खिनु लङ्वा लिम्बुले तीन तहको सरकार गठन भएपछि विकास निर्माणका कामले तिब्रता पाएको बताएकी छन् । इलाम क्षेत्र नम्बर एकको प्रदेश निर्वाचन क्षेत्र एकबाट प्रदेशसभा निर्वाचित सासंद लिम्बुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास निर्माणको कामले तिब्रता पाएको बताएकी हुन् ।
नेपाल कम्युनिष्ट पार्टी सूर्योदय नगरपालिका १० को टोल समितिको भेलालाई सम्बोधन गर्दै सासंद लिम्बुले प्रदेश सरकार गठन भएको वर्ष जन चाहाना अनुसारको काम गर्न नसकेपनि पछिल्ला दुई आर्थिक वर्षमा विकास निर्माण काममा तिब्रता दिएको बताइन् । ‘प्रदेश सभाको निर्वाचन पछि प्रदेश सरकार संचालनका लागि संरचना अभाव थियो–लिम्बुले भनिन्–‘सरकार गठन भएको आर्थिक वर्ष संरचना निर्माण गर्दा खेरीनै वितेपनि त्यसपछिका आर्थिक वर्षमा जनताका योजनाहरु कार्यान्वयनमा आउन थालेका छन् ।’
प्रदेश सरकारले प्रदेश सासंदको प्रस्तावमा इलाममा पनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सुरक्षा क्षेत्रमा लगानी गरेकाले विकासको गति बढेको सांसद लिम्बुको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी सूर्योदय नगरपालिका १० का अध्यक्ष दिपक कुलुङ्गको अध्यक्षतामा भएको कार्यक्रमले फिक्कल बजार क्षेत्र समेटेर २१ सदस्य टोल कमिटी गठन गरेको छ । टोल समितिका अध्यक्षमा राजु कट्टेल उपाध्यक्षमा दुर्गा राई, सचिवमा नगेन्द्र बराइली रहेका छन् । समितिको सदस्यहरुमा रुपा सुनुवार, योगेन्द्र सुनुवार, दलबहादूर राई, टिकाराम सुनुवार, जिवन सुनुवार, पे्रमिका गदाल, पुनम लाप्चा रहेका छन् । त्यस्तै पदम रिमाल, गोविन्द कट्टेल, किशोर कट्टेल, हरि कट्टेल, सिंगिता विक, सावित्रा पोखरेल, लक्ष्मी खतिवडा, नरनारायण सैजु, बालिका प्रधान, राजेन्द्र सुवेदी र याम बहादूर लिम्बु सदस्य रहेका छन् ।
कार्यक्रममा सुर्योदय नगरपालिका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य रणबहादूर राईले जनता, पार्टी र जनप्रतिनिधि एक भएर विकास निर्माणको काम गर्नुपर्ने बताए । आगामि आर्थिक वर्षदेखि जनताका योजना टोल समितिबाटै छनौट गरि कार्यान्वयन गरिने प्रमुख राईले बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य नरेश तामाङ, नेपाल कम्युनिष्ट पार्टी सूर्योदय नगरपालिका अध्यक्ष सोनाम छिरिङ लामा, सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमाउगेन लामा, नेपाल कम्युनिष्ट पार्टी इलाम जिल्ला सदस्य विरबहादूर लाप्चाले सुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार