Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कृषि वालि सरह आफुले रूख वेच्न पाउनु पर्ने मन्त्रीसँग किसानको माग

कृषि वालि सरह आफुले रूख वेच्न पाउनु पर्ने मन्त्रीसँग किसानको माग

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन १६ २०७७


कृषि वालि सरह आफुले रूख वेच्न पाउनु पर्ने मन्त्रीसँग किसानको माग

देउमाई । पारिवारिक निजि वन संघ जिल्ला शाखा इलामले कृषि वालि सरह रूख वेच्न पाउनु पर्ने माग गरेको छ । पारिवारिक निजि वन संघ इलामले आयोजनामा गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश न.१ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारि राज्य मन्त्री राम बहादूर रानालाई उक्त माग गरिएको हो ।
देउमाई नगरपालिका ४ मंगलवारे इलाममा प्रदेश न.१ भुमि व्यवस्था कृषि तथा सहकारि राज्य मन्त्री माननीय राम व रानाको प्रमुख आतिथ्यतामा पारिवारिक निजि वनको सम्भावना र चुनौति विषयक अन्तरक्रियामा उपस्थित किसानहरुले उक्त माग गरेका हुन् । कार्यक्रममा इलामका व्यवसायीक रुपमा रुख रोपण गरि बिक्रि गर्दै आएका ८० वढि पारिवारिक निजि वन किसानको सहभागिता रहेको थियो ।
पारिवारिक निजि वन शाखा इलामका अध्यक्ष रविन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक निजि वन किसानले कृषि वालि सरह आफुले रूख वेच्न पाउनु पर्ने माग राखेका थिए । करोडौँ रुपैया आम्दानी दिने निजी वन प्रति सरकारको ऐन कानुन नै किसान मारा भएको भन्दै त्यसलाइ सच्याउन सवै पारिवारिक निजि वन किसान संगठित हुनुपर्नेमा किसानको जोड रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री राम बहादूर रानाले किसानको समस्या समाधान गर्न आफुले केन्द्र प्रदेस र स्थानिय तहमा प्रयत्न गर्ने भन्दै किसानलाई संगठित हुनुपर्ने बताए । किसान संगठित भएर सरकारलाई सुझाव दिएमा सरकारले पनि किसानका मागहरुलाई सम्बोधन गर्न तयार भएको मन्त्री रानाले बताए । कार्यक्रममा देउमाइ नगरपालिका उपमेयर पविमाया राई, पारिवारिक निजि वन संघकी केन्द्रीय सदस्य भुमिका आचार्य, आयोग सदस्य डिक वम्जन, डिभिजन वन कार्यालयका विदुर रेग्मी, पारिवारिक निजि वन किसानहरू देवि प्रसाद गजुरेल, राधाकृष्ण भट्टराइ, सोभा अधिकारि लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार