Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा वडाध्यक्षको सहित ५ घर पहिरोको जोखिममा

माईजोगमाईमा वडाध्यक्षको सहित ५ घर पहिरोको जोखिममा

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन १३ २०७७


माईजोगमाईमा वडाध्यक्षको सहित ५ घर पहिरोको जोखिममा

नयाँबजार। इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा वडाध्यक्षको सहित ५ घर पहिरोको जोखिममा परेको छ । सोमबारबाट परेको अबिरल बर्षाका कारण वडाध्यक्ष याम प्रसाद लामाको सहित ५ जनाको घर जोखिममा परेको हो । पहिरोका कारण लामा सहित स्थानिय हरि नारायण प्रधान कर्ण श्रेष्ठ, धन बहादुर बागदासको घर पुर्ण जोखिम र थिरप्रसाद श्रेष्ठको घर आंशिक जोखिममा रहेको कार्यपालिका सदस्य विरबहादुर देवानले जानकारी दिए । पहिराले जोखिममा परेका ४ घर परिवार छिमेकीको शरणमा लिएर बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार