Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माइखोलामा भेटिएको शव बरबोटेका सुमन खत्रीको भएको पुष्टी

माइखोलामा भेटिएको शव बरबोटेका सुमन खत्रीको भएको पुष्टी

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन १० २०७७


माइखोलामा भेटिएको शव बरबोटेका सुमन खत्रीको भएको पुष्टी

इलाम । इलामको माइखोलामा शुक्रबार विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका ८ स्थित माईखोलामा फेला परेको सो बेवारिसे शव ईलाम नगरपालिका–५ का ३० वर्षीय सुमन खत्रीको भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए । शुक्रबार विहान करिब साढे १० बजे माईखोला नामसालिङ जाने पक्की पुल नजिक खोलामा शव फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार