Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

४२ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा इलाममा स्मृति सभा

४२ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा इलाममा स्मृति सभा

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन ७ २०७७


४२ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा  इलाममा स्मृति सभा

इलाम । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा इलाममा स्मृति सभा सम्पन्न भएको छ । नेकपा इलाम नगर कमिटीको आयोजनामा ४२ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसर पारेर स्मृति सभा सम्पन्न भएको हो ।


नगर कमिटी अध्यक्ष छबिलाल आचार्यको अध्यक्षता एवं प्रदेश कमिटी सदस्य टीका घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका जिल्ला, नगर र वडाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठ को ४२ औ स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रममा नेकपा जिल्ला सचिव सिन्धु राई, कार्यालय सदस्यहरु भक्त के सि, महेश बस्नेत, विजय खम्बु, जिल्ला सचिवालय सदस्य गणेश बराल , जिवन सर्मा ,कार्यलय सचिव नवराज संकर लगायतको उपस्थिति रहेको थियो ।


सभामा उपस्थित जिल्ला सचिवालय सदस्य, जनबर्गिय संगठनका केन्द्रीय सदस्य, संयोजक, सहसयोजक लगायत नेता तथा कार्यकर्ताहरुले पुष्पलाको फोटोमा माल्यार्पण गर्दै उनको योगदानको चर्चा गरेको थिए । पुष्पलाल स्मृती दिवसकै अवसरमा इलाम अस्पतालमा रहेका बिरामीहरुलाइ माक्स वितरण गरिएको थियो । कार्यक्रम नगर पार्टीका सचिव नरेन्द्र खड्काले सञ्चालन गरेका थिए । स्मृति सभामा बोल्ने अधिकासले पुष्पलालको विचार अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेकाले पार्टीका नेता कार्यकर्ता पुष्पलालको बिचारलाई अनुसरण गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार