Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईखोलाको बाढीमा फसेका २ ब्यक्तिको उद्धार

माईखोलाको बाढीमा फसेका २ ब्यक्तिको उद्धार

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ६ २०७७


माईखोलाको बाढीमा फसेका २ ब्यक्तिको उद्धार

इलाम । माईखोलाको बाढीमा फसेका २ जनाका उद्धार गरिएको छ । माइजोगमाई गाँउपालिका–५ नाम्सालिङका ६६ बर्षिय लोक बहादुर नेम्वाङ र ३० बर्षिय जोजो लिम्बु लाई बाढीमा फसेको अवस्थामा उद्धार गरिएको हो । हिजो साँझमा नाम्सालिङ ५ मा अवस्थित माईखोला किनारामा खेतिपाती, गाईगोठ गरी फर्किने क्रममा एक्कासी माईखोलाको पानीको वहाव बढि बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा उनीहरु फसेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका इन्सपेक्टर नबिन राईको कमाण्डमा खटिएको प्रहरी बल, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय ब्यक्तिहरुको सामुहिक प्रयासबाट फसेका उक्त २ ब्यक्तिहरुलाई राति ९:५५ बजे बजे सकुशल उद्धार गरी निजहरुलाई आफन्तको जिम्मा लगाई पठाईएको डिएसपी लालध्वज सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार