चुलाचुली । झापाको दमक जाँदा इलामको चुलाचुलीबासीका लागि हिउँद बर्खानै खोलामा हिड्नुपर्ने बाध्यता हटेको छ । झापाको दमक र चुलाचुलीको सीमानामा रहेको रतुवा खोलामा पक्कि पुल बनिएपछि रतुवा खोलाको पिर हटेको छ ।
चुलाचुली ३ का नरेन्द्र लावतीका लागि झापाको दमक बजार जान रतुवा खोला तगारो थियो । स्वास्थ्य उपचारदेखि कृषि उपज खरिद बिक्रिका लागि दमक बजार पुग्नुपर्ने भएपनि रतुवा खोलामा पुल नहुँदा वर्षातमा ज्यान जोखिममा पथ्र्यो ।
तर अहिले लावतीको मात्रै हैन चुलाचुलीबासीले रतुवा खोलो तर्दाको दुःख बिर्सिएका छन् । झापाको दमक बजार जान तगारोको रुपमा रहेको रतुवा खोलामा पुल बनेपछि चुलाचुलीबासीका दुःखका दिन सकिएका हुन् । पक्कि पुल निर्माण भएपछि आवतजावतमा सहजसँगै १२ महिना नै उत्पादित कृषि उपजले बजार पाएको छ ।
हिउँद बर्खानै खोलामा यात्रा गर्नुपर्ने भएपछि स्थानीयले पक्कि पुल निर्माण गरेका थिए । सरकारले पुल सेक्टर पुर्वी खण्ड धरान मार्फत रतुवा खोलामा पुल निर्माण गरेको थियो । तीन वर्ष अघि शुरु भएको पुल गत आर्थिक वर्षमा सम्पन्न भइ संचालनमा आएको छ । १३ करोड ९१ लख २५ हजार रुपैया लागतमा निर्माण भएको पुल २ सय मिटर लामो छ ।
पुल बनिएपछि उपचार, अध्ययन र दैनिक उपभोग्य सामग्री खरिद बिक्रिका लागि दमक बजार पुग्न सहज भएसँगै किसानको आर्थिकस्तरमा सुधार आएको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्रराईले बताउभयो । इलाइट कष्ट्रक्सन प्रालिले निर्माण गरेको पुल हस्तान्तरण भइसकेको पुल सेक्टर एक कार्यालय धरानका इञ्जिनियर कैलास देवले बताउनुभयो । पुल निर्माण भएपछि झापाको दमक र इलामको चुलाचुली गाउँपालिका सिधा यातायात संचालन शुरु भएको छ । पुल बनेपछि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकिय भवन पुग्न सेवाग्राहीलाई पनि सहज भएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो ।