Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा ६ जनाले कोरोना जितेर फर्किए, निकाे हुनेकाे संख्या ८ पुग्याे

इलाममा ६ जनाले कोरोना जितेर फर्किए, निकाे हुनेकाे संख्या ८ पुग्याे

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २४ २०७७


इलाममा ६ जनाले कोरोना जितेर फर्किए, निकाे हुनेकाे संख्या ८ पुग्याे

इलाम । इलाममा बुधबार ६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सूर्योदय नगरपालिका–७ कन्यामको क्वारेन्टाइनमा असार १३ गते संक्रमण पुष्टि भएका ५ जना र माई नगरपालिकाको क्वारेन्टाइनबाट उपचारका लागि लगिएका १ जनाले बुधबार कोरोना जितेका हुन् ।

कन्याम क्वारेन्टाइनबाट पुष्टि भएका भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष, साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षिय पुरुषले कोरोना जितेको सूर्योदय नगरपालिका कोभिड–१९ फोकल पर्सन विपुल अधिकारीले बताए ।

इलाममा आज २ जना कोरोना संक्रमित थपिए

त्यसैगरी भारतको गुजरातबाट आएका माई–३,बरपानीका २५ बर्षिय युवा समेत कोरोनाबाट मुक्त भएका छन् । बुधबार मुक्त हुने ६ जनासँगै इलाममा ८ जनाले कोरोनालाई जितेका छन् । यसअघि इलामको पहिलो र दोश्रो संक्रमित निको भएर फर्किएका थिए । इलाममा उपचारका लागि लगिएका ३ जनाले कोरोना जित्न बाँकी रहेका छन् । असार १७ गते पुष्टि भएका कुवेतबाट आएका सूर्योदय नगरपालिकाका २ महिला र असार २० गते पुष्टि भएका देउमाई नगरपालिकाका २६ बर्षिय युवा उपचारमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार