फिक्कल । इलामको सूर्योदय नगरपालिकाका ७० जना किसानलाई ड्रम र सिलपोलिन वितरण गरिएको छ । नगरका किसान नयाँ उत्साह, जोशजागर र कृषिमा क्षमता अभिवृद्धि गर्दै दिगो खाद्य उत्पादन प्रणाली सुनिश्तिच गर्नको लागि किसानलाई ड्रम र सिलपोलिन वितरण गरिएको हो । कृषि क्षेत्रमा अग्रणी रहेको नगरमा उत्पादकत्व र उत्पादन वृद्धि गर्न , पर्यावरणीय प्रणाली कायम राख्न यो अभियानले सार्थकता पाउने सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बताए ।
निर्वाहमुखी किसानलाई व्यावसायिक किसानमा रूपान्तरण गर्नका लागि साना साना कुराहरूमा सुधार गर्न जरूरी रहेको नगर प्रमुख राईले बताए । विभिन्न सुधारका कार्यक्रम मध्ये आईतबार गोठे मल कसरी तयार गर्ने भन्ने बारेमा सत्तरी किसानहरूलाई जम्मा गरी प्रविधि हस्तातरण गरिएको छ । गोठे मल सुधार गर्न २०० लिटरको ड्रम र सिलपोलिन वितरण गरी प्रयोग सम्वन्धि जानकारी समेत दिईएको छ । गोठको मललाई व्यवस्थित र ४५ दिनभित्र कसरी तयार गर्ने बारेमा जानकारी किसानलाई जानकारी दिएको छ ।
नगरपालिकाले कृषि सम्बन्धि असल कृषि अभ्यास, असल पशु चिकित्सा र पशुपालन अभ्यास सम्वन्धी प्रारम्भिक कार्यक्रमहरू ल्याईने नगर प्रमुख राईले जानकारी दिए । नगरले प्रर्यावरणीय प्रणाली सम्वन्धि, मौसमी विपत्त, खडेरी, बाढीको असरले पुर्याउन सक्ने उत्पादकत्वको बारेमा पनि किसान माझ चाडै नगरपालिका पुग्ने जनाईएको छ । नगरले यस अघि देखि नै किसानका क्षेत्रमा बिभिन्न काम गर्दै आएको छ ।