Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नगर प्रमुखको पहिलो आक्रमण शिक्षामा

नगर प्रमुखको पहिलो आक्रमण शिक्षामा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २० २०७४


नगर प्रमुखको पहिलो आक्रमण शिक्षामा

इलाम,  । शिक्षक छनौटमा आफुलाई नसोधेको भन्दै सुर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले करफोक विद्या मन्दिर माध्यमिक विद्यालयको बाली विज्ञान बिषयको शिक्षक छनौट परिक्षा स्थगन गरिदिएका छन ।

नगरपालिकाको प्रवक्ता पेमा ओगेन लामा (भाइचुङ)ले नगरपालिका मार्फत नियुक्ति हुनुपर्ने भएपनि विद्यालयले नगरपालिका कार्यालयसँग समन्वय नगरेकाले परिक्षा रोकेको बताए । शिक्षा विभागले पठाएको दुईवटा दरबन्दीमा शिक्षक नियुक्तीको लागी लिइएको परिक्षा नगर प्रमुखको मौखिक आदेशमा रोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी बताए ।

उनले शिक्षक छनौट सम्बन्धी शिक्षा ऐन र नियमावलीका सबै व्यवस्थालाई पालन गरेर परिक्षा सञ्चालन गर्न लागेपछि नगर प्रमुखको आदेशपछि रोकिएको बताए । बिषय शिक्षक नहुँदा ३ महिनादेखी विद्यार्थीहरु समस्यामा थिए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष तथा शिक्षक छनौट समितिका सदस्य पुर्ण गौतमले नगरपालिकाको तर्फबाट हस्तक्षेप भएपछि परिक्षा रोकिएको बताए । उनले अहिले प्रचलित शिक्षा ऐन क्रियाशिल रहेको भन्दै संविधानको धाराको आफुखुशी व्याख्याले समस्या ल्याएको उल्लेख गरे । ऐनका कुनै धारा निलम्बन नभएको अवस्थामा स्थानीय तहले आफ्नौ अधिकार क्षेत्र भन्ने अवस्था रहेको उनले बताए ।

शिक्षा नियमावली २०५९शिक्षा (आठौं संशोधन) नियमावली, २०७१ को परिच्छिेद १७, धारा ९७ मा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्ने प्रावधान छ ।

नगर प्रमुख राईले आफुलाई सो बारेमा जानकारी नभएको भन्दै वडा अध्यक्षलाई सोध्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार