Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा उपभोक्तालाई खानेपानी पाइप वितरण

माईजोगमाईमा उपभोक्तालाई खानेपानी पाइप वितरण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १९ २०७७


माईजोगमाईमा उपभोक्तालाई खानेपानी पाइप वितरण

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका वडा न ३ मा आज खानेपानी पाइप बितरण कार्य सम्पन्न भएको छ । वडा कार्यालय अन्तर्गत आर्थिक बर्ष ०७६÷७७ को बजेट अन्तर्गत खानेपानीको पाईपमा बजेट बिनियोजन भएपछी वडा न ३ कार्यालय २० एम एमको जम्मा ९३५० मिटर पाइप समूह र व्यक्तिगत गरि जम्मा १३८ लाइ बितरण गरिएको हो। ।
स्वास्थ्य चौकी, मन्दिर र ८ वटा समुहलाई जम्मा ३०० मिटरका दरले जम्मा ३००० र १२७ जना व्यक्तिलाई ५० मिटरका दरले जम्मा ६३५० मिटर पाइप बितरण गरिएको वडा न ३ को सचिब पुजा कोइरालाले बताइन्। लकडाउन अगाडिनै बितरण गर्नु पर्ने भएपनी अन्य विविध कारणले गर्दा आज बितरण गरिएको सचिब कोइरालाले बताइन् ।
पाइप बितरण कार्यक्रम वडा न ३ का वडाध्यक्षय याम प्रसाद लामा वडाका जनप्रतिनिधि हरु वडाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । पाइप बितरण पछि खानेपानी, सिचाई गर्न सहज हुने उपभोक्ताहरुले बताएका छ्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार