इलाम । रोङ गाउँपालिका भित्र संचालनमा आएका विकासका योजनाहरुको अनुगमन गरिएको छ । प्रदेश सासंद काजिमान कागते, संघीय सासंद झलनाथ खनालको प्रस्तावमा संचालनमा आएका / र गाउँपालिका स्तरीय योजनाहरुको अनुगमन गरिएको हो ।

प्रदेश सासंद काजिमान कागतेको नेतृत्वमा विकासका योजनाहरुको अनुगमन गरिएको थियो । रोङ गाउँपालिका एक, दुई, तीन र चार नम्बर वडामा संचालनमा रहेका योजनाहरुको अनुगमन गरिएको हो । टोलीले गाउँपालिका स्तरका योजनाहरुको पनि अनुगमन गरिएको थियो । रोङ गाउँपालिका ३ को सात नम्बर गोलाइबाट मार्से गाउँ जोड्ने सडकको अनुगमन गरिएको थियो । प्रदेश सासंद काजिमान कागतेको प्रस्तावमा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट निर्माणको काम हुँदै आएको सडकको काम ढिलो भएको र गुणस्तरहीन भएको अनुगमन टोलीमा सदस्यले गुनासो गरेका थिए ।

सात नम्बर गोलाइबाट मार्से गाउँ जोड्ने सडक निर्माणका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । टोलीले रोङ गाउँपालिका ४ मा निर्माणाधिन अवस्थामा रहेको किटेनी कालिटार सडकको अनुगमन गरिएको थियो । उपभोक्ता समितिबाट निर्माण भएको सडकमा चौडा गर्ने, वाल लगाउने काम भएको थियो । सो सडकमा प्रदेश सासंद काजिमान कागतेको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

गाउँपालिकाको वडा नम्बर २ को भवन निर्माणको अवस्थाको अनुगमन टोलीले निरिक्षण गरेको थियो । टोलीले २ नम्बर वडाको सिव मन्दिर क्षेत्रको घेराबारा निर्माणको कामको अनुगमन गरिएको थियो । १० लाख रुपैयाँमा मन्दिरको घेराबारा गर्ने काम भइरहेको छ । सोहि वडामा दलित समुदायको सामुदायीक भवन निर्माणको अवस्था बारे अनुगमन गरिएको थियो । गत आर्थिक वर्षबाट निर्माण शुरु भएको सामुदायीक भवनको निर्माण सम्पन्न गर्न चालु आर्थिक वर्षमा तीन लाख २५ हजार विनियोजन भएको रोङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप गौतमले बताए । अनुगमन टोलीले रोङ गाउँपालिका वडा नम्बर २ को निर्माणाधिन भवनको पनि अनुगमन गरेको थियो ।

रोङ वडा नम्बर २ मा अवस्थित प्रणामि मन्दिर निर्माणको बारेमा उपभोक्तासँग जानकारी लिनुका साथै कामको अनुगमन गरेको थियो । प्रणामि मन्दिर पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर एकका संघीय सासंद झलनाथ खनालको निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत निर्माण शुरु भएको हो । प्रणामि मन्दिर निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

टोलीले आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु भएको लेप्चा गुम्बाको पनि अनुगमन गरेको थियो । गुम्बा निर्माणका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ । टोलीले रोङ वडा नम्बर एकको पर्यटकिय क्षेत्र निर्माणका लागि निर्माण हुँदै आएको आलडाँडा पोखरीको पनि अनुगमन गरिएको थियो । प्रदेश सासंद काजिमान कागतेको निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत १५ लाख रुपैयाँमा पर्यटन क्षेत्र बनाउन पूर्वाधार निर्माणको काम हुँदै आएको हो ।

त्यस्तै रोङ एकको सुब्बा भञ्ज्याङ्गबाट बडरे जोड्ने सडकको निर्माणको अवस्था बारे स्थलगत अध्ययन गरिएको थियो । गाउँपालिकाको १८ लाखमा निर्माण भएको सडकको चौडा गर्ने, जाली भर्ने लगायतको काम गरिएको थियो ।

अनुगमन टोलीमा प्रदेश सासंद काजिमान कागते, जिल्ला समन्वय समिति इलाम उप–प्रमुख चित्रकला बराइली, रोङ गाउँपालिका उध्यक्ष समसेर राई, उपाध्यक्ष चन्द्रकला बुडाथोकी राई, जिल्ला समन्वय समिति सदस्य चन्द्र मगर, ज्याजिमाया तामाङ, वडा नम्बर ३ का अध्यक्ष मात्रिका बराल, एकका वडाध्यक्ष वुद्धिबहादूर ढकाल, दुईको वडाध्यक्ष टेकबहादूर तामाङ, वडा नम्बर ५ का अध्यक्ष युवराज राई, प्रमुख प्रशासकिय अधिकृत प्रदिप गौतम, नेपाल पत्रकार महासंघ उपाध्यक्ष तथा प्रेश संगठन इलामका अध्यक्ष सुजन तिमल्सिना, पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष दौलत राई, रोङ गाउँपालिकाका प्राविधिक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।