Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाको बजेट ४५ करोड बढीको

माईजोगमाई गाउँपालिकाको बजेट ४५ करोड बढीको

  • सन्देश सम्बाददाता
  • बुधबार, असार १० २०७७


माईजोगमाई गाउँपालिकाको बजेट ४५ करोड बढीको

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले आ.व. २०७७र०७८ को लागि ४५ करोड बढीको बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अध्यक्षतामा भएको सातौ गाउँ सभामा उपाध्यक्ष सावित्रा भटटराईले आगामि आर्थिक वर्षका लागि ४५ करोड ५० लाख ५० हजार ३ सय २० रुपैयाको बजेट प्रस्तुत गरेकी थिइन् ।
जसमा चालु खर्च तर्फ ७ करोड ४२ लाख ४५ हजार ६ सय , सशर्त अनुदान तर्फ १९ करोड ४८ लाख ५ हजार, अन्य अनुदानमा ४ करोड र पुंजीगत खर्च तर्फ १६ करोड ३९ लाख ९९ हजार ७ सय २० रुपैया बिनियोजन गरिएको छ । पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६.४६३ प्रतिशत, सामाजिक विकास तर्फ १०.५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१.७८४ प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९.२५२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १.६४६ प्रतिशत, अन्यपूँजीगत खर्चतर्फ ३.७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९.१४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ । पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७.४४ प्रतिशत रकम वडामा विनियोजन गरिएको छ ।
गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएको छ । गत बर्षहरुको राम्रा कामहरुलाई निरन्तरता दिएको बजेटमा केहि नयाँ कुरा पनि थपिएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । बजेटमा वडा स्तरीय सडक योजनाहरुमा ४ लाख भन्दा घटी बजेट बिनियोजन नगर्ने निति गाउँपालिकाको छ । कृषि तथा पशु विकास, सडक, खानेपानी, सिंचाई र भवन निर्माण लाई निरन्तरता दिँदै वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुलाई बजेटमा प्राथमिकताका दिएर विनियोजन गरिएको छ । गाँउसभामा अध्यक्ष जीत बहादुर राईले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीतिमा कृषि तथा पशुपन्छी विकास नीतिलाई पहिलो प्राथामिक्तामा राखिएको छ ।
यस्तो छ निति तथा कार्यक्रममा
भू–उपयोग नीति अनुसार गाँउपालिकाको भू–बनोट तथा हावापानीलाई मध्यनजर गर्दै कृषि बालीहरुको पकेट क्षेत्र निर्धारण गरी सोही अनुसार जैविक कृषि उत्पादनमा विविधिकरण गर्न प्रोत्साहित गर्न विभिन्न संघ संस्थासँग समन्वयमा गाँउपालिकाको ६ वटै वडामा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्ने ,यस गाँउपालिका भित्र उत्पादन कृषि उपजको संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी बजारीकरण गर्ने गरिनेछ । कृषि ब्यवसायमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने खेतिमा सिचाईको थप प्रबन्ध गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत गाँउपालिका भित्रका क्षेत्रलाई मकै ब्लक तथा आलु सुपर जोन कार्यक्रमलाई प्राथमिकता र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने एक वडा एक पशु स्वास्थ्य प्राविधिक तथा एक वडा एक कृषी प्राविधिक व्यबस्था गरि सम्बन्धित कार्यक्रमलाई पशुपन्छी पालक, समुह र सहकारीसँग आवद्ध गरी व्यवसायिक पशु स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिनेछ । एक घर एक करेसाबारी र एक घर एक अर्गानिक उत्पादनको अवधारणालाई प्रोत्साहन गर्ने निति पनि गाउँपालिकाले लिएको छ । कृषि शिक्षा अध्ययनका लागि गाँउ स्तरीय विशेष कृषि छात्रवृत्तीको व्यवस्था ,गाँउपालिकाभित्र १८ महिने वालि विज्ञान र पशु विज्ञान अध्ययन गर्ने शिक्षण संस्था स्थापनाको लागि विशेष पहल गर्ने कृषि उत्पादन बढाउन मलखादमा अनुदान र यान्त्रिकिकरणका लागि सहयोग र अर्ग्यानिक उप्पादनका लागि जैविक मल तथा औषधी बनाउने तालिम प्रदान लगायतका महत्वपुर्ण नितिलाई आगामी आबमा गाउँपालिकाले अवलम्बन गर्ने अध्यक्ष राईले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी वातावरण संरक्षण नीतिमा पालिकाको प्रमुख राजमार्गको क्षेत्राधिकार भित्र ग्रिन बेल्ट घोषणा गरी वृक्षारोपण कार्यक्रम संचालन गर्ने वनलाई वातावरण संरक्षण सँगसँगै आय आर्जनसँग जोडेर सदुपयोग गर्ने नीति अवलम्बन गर्ने , बोटानिकल गार्डेनको रुपमा विकास गर्ने , ३ वर्ष भित्र सम्पूर्ण टोल, वडा वातावरणमैत्री घोषणा गरी वातावरणमैत्री गाँउपालिका घोषणा गरिने लगायतका बिषय उल्लेख गरीएको छ । विपद व्यवस्थापन नीतिमा प्राकृतिक वा मानवीय कुनैपनि कारणबाट हुन सक्ने विपदबाट बच्न बचाउन सचेतना कार्यक्रम संचालन, समुदायमा आधारित सहयोग टोली टोलबस्ती स्तरमा निर्माण तथा परिचालन गरिने उल्लेख छ ।
फोहरमैला तथा सरसफाई सम्बन्धी नीति लाई पनि गाउँपालिकाले प्राथामिक्तामा राखेको छ । पुन प्रयोग नितिलाई अवलम्बन गर्दै फोहोर मैला उत्पादनलाई कम गर्नु पर्नेमा जोड दिएको छ । वडास्तरमा उत्सर्जन हुने फोहर वडास्तरमा नै संकलन केन्द्र तथा श्रोतमा नै प्रकृति अनुसार छुट्याउने व्यवस्था मिलाउन वडा समितिहरुलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्रको निर्माण तथा संचालन गर्न एक वडा एक वातावरणमैत्री पार्क तथा एक वडा एक ल्याण्डफिल्ड साइट निर्माण गर्ने नीति लिइने लगायतका बिषयलाई प्राथामितामा राखिएको छ ।
भौतिक तथा पूर्वाधार विकास नीतिमा समुन्नतिको सबैभन्दा ठूलो साधनको रुपमा रहेको भौतिक पूर्वाधार क्षेत्रको एकीकृत र व्यवस्थित विकासका लागि कम्तीमा पनि २० वर्षे दीर्घकालीन सोचका साथ एकीकृत गाँउपालिका विकास योजना निर्माण गरी सोहि आधारमा वार्षिक गाँउपालिका विकास योजना निर्माण कार्यान्वयन गर्ने नीति लिइने जनाईएको छ सबैभन्दा बढि जनसहभागीता जुटन सक्ने योजनालाई गाउँपालिकाले प्राथामिक्तामा राख्ने भएको छ ।
आगामी आ ब मा गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत सञ्चालन हुने भौतिक पूर्वाधारका योजनाहरुमा वडा स्तरमा ४ लाख र गाँउपालिका स्तरमा २५ लाख भन्दा कम लागतको कार्यक्रम सञ्चालन नगर्ने जनाइएको छ । । गाउँपालिकाको मुख्य आवश्यक्ताको रुपमा रहेको सडक तथा यातायात लाई गाउँपालिकाले निक्कै प्राथामित्तामा राखेको छ । सढक योजनामा गुरु योजना निमार्ण गर्ने सडकहरुमा सानोतिनो रकम लगानी गरी निरन्तर एउटै काम र स्थानलाई दोहोर्रयाई रहने परम्परालाई अन्त्य गर्दै न्यूनतम शहरी सुविधा तथा वडाहरुको भौगोलिक सन्तुलनलाई समेत ध्यानमा राखी जिल्ला स्तरीय तथा गाँउपालिकास्तरीय यातायात गुरुयोजनामा परेका सडकहरुलाई प्राथमिकताका आधारमाम्एच्तयार गरी क्रमशः बाह्रै महिना सञ्चालन हुने तथा कालोपत्रे बनाउने कार्यको लागि आवश्यक पहल अगि बढाईने अध्यक्ष राईले प्रस्ट पार्नु भयो ।
वडा कार्यालयबाट गाँउपालिकासम्म जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बाह्रै महिना सवारी साधन चल्न सक्ने बनाउन प्राथमिकता दिइने जनाइएको छ ।गाउँपालिकाका सबै सडकहरुलाई बाह्रै महिना चल्न सक्ने बनाउने कुरालाई उच्च प्राथामिक्ता दिएको छ ।
शिक्षा, युवा तथा खेलकुद नीति अन्र्तगत गाँउपालिकालाई आगामी तिन वर्ष भित्र साक्षर बनाउने गाँउभित्रका सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न पूर्वाधार सहित निशुल्क एवं अंग्रेजी माध्ययमको शिक्षाको व्यवस्था गर्दै जाने प्राविधिक तथा स्वरोजगार जनशक्ति उत्पादन गर्न गाँउपालिका भित्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिने विद्यालय तथा शिक्षालय सञ्चालन गर्ने लगायत रहेको छ । माईजोगमाई गाउँपालिकाको केन्द्रमा कम्तिमा २५ शैयाको अस्पताल निर्माण गर्न संघिय सरकार समक्ष पहल गर्ने गाउँपालिकालाई आवश्यक पर्ने एम्वुलेन्सको व्यवस्था गर्न पहल कोभिड १९ कोरोना लगायत अन्य महामारी रोगहरुको नियन्त्रणको लागि आवश्यक पहल गर्ने कुरा उल्लेख छ ।
यस्तै खानेपानी तथा सरसफाई नीति, विद्युतीय तथा वैकल्पिक उर्जा सम्वन्धी नीति, बस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीति,उद्योग, पर्यटन प्रवद्र्धन तथा संस्कृति सम्बन्धी नीति, सूचना संचार तथा प्रविधि विकास सम्बन्धी नीति ,संस्थागत विकास तथा मानव संसाधन सम्बन्धी नीति, राजस्व परिचालन सम्बन्धी नीति, सम्बन्ध सहकार्य तथा साझेदारी नीतिःसामाजिक परिचालन तथा सामाजिक सशक्तिकरण नीति, महिला सम्बन्धी नीति, बालबालिका सम्बन्धी नीति, आदिवासी जनजाती, दलित, अपाङ तथा जेष्ठ नागरिक सम्बन्धी नीति,गैर सरकारी संस्था सम्वन्धी क्षेत्रमा बजेट प्राथमिकताका आधारमा बजेट विनियोजन भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीका अनुसार कोरोनाको कारण सर्तकता अपनाउदै निक्कै मेहनतका साथ कार्यपालिका बैठकमा बिषयगत समिति तथा वडा स्तरमा पनि छलफल गरेर बजेट निति तथा कार्यक्रम ल्याएकोले सुझाव सहित बजेट पारित भएको छ । निति तथा कार्यक्रममा निक्कै जोखिम रहेको कोरोना भाईरस रोकथाम र त्यसले निम्त्याउने समस्या समाधानलाई प्राथामिक्तामा राख्नेको तथा करलाई गत बर्ष भन्दा नबढाइएको रेग्मीले बताउनु भयो ।
अध्यक्ष राईले रोजगार उन्नमुख योजनालाई प्राथामितामा राखेर कार्यक्रम ल्याएको तथा गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरुमा स्थानीय जनशक्तिलाई नै रोजगारी दिन सकिन्छ भन्ने तर्फ सचेत हुदै कार्यक्रम ल्याएको जानकारी दिनुभयो । गाउँपालिकाले सबै वडामा आगामी आ ब को बजेट घटाएको छैन । सबै वडामा १२ रै महिना गाडि गुड्ने सडक, कृषि ,सचाई,खानेपानी,शिक्षा स्वास्थ्य, क्षमता विकास लगायतलाई उच्च प्राथामिक्तामा राखिएको छ । सभामा चालु आ ब को प्रगती विवरण सुचना अधिकारी गोकुल सन्जेलले प्रस्तुत गर्नु भएको थियो भने योजना शाखा प्रमुख बिरध्वज लिम्बुले गत बर्षको योजनात प्रगति प्रस्तुत गर्नु भएको थियो । .

प्रतिक्रिया
सम्बन्धित समाचार