फिक्कल । फिक्कल बजारबाट १२ बजेर ४० मिनेट देखी १२ बजेर ५० मिनेटका बिचमा सूर्य ग्रहण यस्तो देखिएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटदेखि ग्रहण शुरु भएको हो। खण्डग्रास अर्थात् आधा सूर्य ढाक्ने गरी हुने सूर्यग्रहण अहिलेसम्मकै सबैभन्दा लामो मानिएको छ। ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ। बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ भएको यो ग्रहण १२ बजेर ४० मिनेटमा मध्य अवस्थामा आउने र २ बजेर २४ मिनेटपछि सकिने छ।
