Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अब लकडाउन गर्ने वा खोल्ने अधिकार प्रदेश सरकारलाई

अब लकडाउन गर्ने वा खोल्ने अधिकार प्रदेश सरकारलाई

  • लोकल सन्देश
  • शनिबार, असार ६ २०७७


अब लकडाउन गर्ने वा खोल्ने अधिकार प्रदेश सरकारलाई

झापा । प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड – १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो । सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार