माङ्सेवुङ । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर–भाउजुको शव फेला परेको छ । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन् । बिहीबार बिहान कसैलाई नसोधेर घरबाट हिँडेका देवर, भाउजू बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिव ७ सय मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेका थिए ।
घटनाको बारेमा प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरिक्षक राजकुमार शाह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको छ । दुवै जनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवि लगिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरी निरिक्षक तेलीले बताए । थप विवरण पोष्टमार्टमको रिर्पोट आएपछि थाहा हुने तेलीले बताए ।