इलाम । नेपाली र भारतीय पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माणले तिब्रता पाएको छ । पर्यटकीय नगर सूर्योदयन गरपालिका ३ मा रहेको झरनामा पदमार्ग र व्युटिफिकेसनका काम गरिँदै आएको छ । तीन तले झरनालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधारको निर्माणको काम गरिँदै आएको छ । सूर्योदय नगरपालिका ३ स्थित रुङसुङ्गमा रहेको झरनालाई पर्यटनको आकर्षक गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम गरिएको हो ।

प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा योजना छनौट गरि प्रदेश सरकारको शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामले पूर्वाधार निर्माणको काम गरिएको डिभिजन प्रमुख समुन मिश्रले बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन तले झरना क्षेत्रमा पूर्वाधार निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटबाट झरना क्षेत्रमा पदमार्ग, सिढि निर्माण व्युटिफिकेसन गर्ने काम भइरहेको छ । उपभोक्ता समितिमार्फत हुँदै आएको काम आर्थिक वर्ष सकिन तीन महिना अघि नै १५ लाखको काम सकिएपछि प्रदेश सरकारले थप ५ लाख बजेट विनियोजन गरेको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताउनुभयो ।

झरना पुग्नका लागि प्रदेश सरकारको संसद विकास कोषबाट सडक स्तरउन्नतीको काम भएपछि आन्तरिक पर्यटक झरना पुग्नका लागि सहज भएको छ । भारतीय पर्यटकको समेत आकर्षणको केन्द्र रहेको तीन तले झरनालाई आगामि आर्थिक वर्षमा पनि बजेट विनियोजन गरि सडक ग्राभेलिङ्ग गर्ने समेत योजना रहेको छ ।
भारतसँग सीमा जोडिएको नगरपालिकाले भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्ने हिसावले पूर्वाधार निर्माणको काम भइरहेको वडाध्यक्ष होम कार्कीले बताउनुभयो । पार्कलाई क्रमागत योजनामा समावेस गरि पूर्वाधार निर्माणको काम गरिने कार्किको भनाइ छ ।