Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ढुङ्गा उत्खनन्‌ले सूर्योदय नगरपालिकाको थापाथली–जिल–मेहेलबोटे सडक खण्ड अवरुद्ध

ढुङ्गा उत्खनन्‌ले सूर्योदय नगरपालिकाको थापाथली–जिल–मेहेलबोटे सडक खण्ड अवरुद्ध

  • रोशन काफ्ले
  • मंगलबार, असार २ २०७७


ढुङ्गा उत्खनन्‌ले  सूर्योदय नगरपालिकाको थापाथली–जिल–मेहेलबोटे सडक खण्ड अवरुद्ध

नयाँबजार । इलामको सूर्योदय नगरपालिका–३ स्थित थापाथली–जिल–मेहेलबोटे सडक खण्डको विवाद बढ्दै गएको छ । ढुङ्गा गिट्टी, ग्राभेल उत्खनन्‌ले सो सडक खण्ड अवरुद्ध भएपछि विवाद सुरु भएको हो । विगत केही महिना यता सो सडक खण्डको जिलमा गोल एसके कन्स्ट्रक्सनले ढुङ्गा गिट्टी, ग्राभेल उत्खनन् गर्दै आएको थियो । यातायात गुड्न असहज भएपछि वडा कार्यालयमा निवेदन सहित जानकारी गराउँदा समस्या समाधान नभएको स्थानिय देवीप्रसाद आचार्यले बताए ।


सडकमा सवारी साधन गुडाउन असहज हुँदा दैनिक उपभोग्य बस्तुका साथै बिरामीलाई उपचारमा लग्न समेत समस्या भएको उनले बताए । आज वडाध्यक्ष होमबहादुर कार्की, गोल एसके कन्स्ट्रक्सनका ठेकेदार सुरेन्द्र गोले र स्थानियबासिन्दा बिच छलफल भएको थियो । छलफलमा आगामी कार्तिकसम्म उत्खनन् बन्द गरेर यातायात आवागनमनलाई सहज बनाउने सहमतिको प्रयास भएको थियो । तर वडा नं ३ का प्रतिनिधि सदस्य समेत रहेका गोले अचानक बाहिरिएपछि छलफलले निष्र्कष पाएन् ।


जेसीबी चालकले समेत स्थानिय सवारीलाई पास माग्दै धम्क्याएको व्यवसायी पासाङ योल्मुले बताए । उनले हरियो चिया कारखानासम्म पु¥याउन बाटो अवरुद्ध भएपछि किसानहरुबाट चिया संकलन समेत बन्द गरिएको उनले बताए । केही दिन अघि सोही स्थानमा अवरुद्ध बाटो क्रम गर्ने क्रममा स्थानिय रिन्छेन योल्मु लडेर घाइते भएका थिए । छलफल जेसीबी चालककै कारण निष्र्कषमा नपुगेको बताइएको छ । वडाध्यक्ष होमबहादुर कार्कीले २ दिनभित्र समस्या समाधानको लागि आश्वासन दिएको पासाङ योल्मुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार