इलाम । इलामका प्रहरी प्रमुख हिराबहादुर पाण्डे सहित नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ती एसपीको सरुवा गरेको हो। तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्। पाण्डेको स्थानमा प्रहरी शक्ति महाविद्यालय नवलपरासीबाट नविनराज राई आउँदैछन् । पाण्डे इलामबाट सुरुवा भई प्रहरी प्रधान कार्यालय बजेट शाखा नक्साल पुगेका छन् ।
कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्। भक्तपुरमा तारादेवी थापा, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्। त्यस्तै, पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन्।
https://drive.google.com/file/d/1XiuW1hTzc7HMz9fCmPpaHpivbX0x7M-h/view